काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिवस विद्रोहको नेतृत्व गरे पनि आफूले कसैलाई एक थप्पड समेत नलगाएको दावी गरेका छन्।
शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण गरेपछि सम्बोधन गर्दै प्रचण्डले हिंसात्मक सङ्घर्षको अगुवाइ गरे पनि आफूले एकजनाको पनि ज्यान नलिएको दावी गरेका हुन्।
परिस्थितिले विद्रोहको नेतृत्व गरे पनि र हिंसात्मक सङ्घर्षको अगुवाइ गरे पनि आफूले कसैको ज्यान नलिएको उनको दावी छ।
“मेरो यही प्रवृत्तिका कारण आजसम्म मैले कसैलाई एक लपेटो हानेको पनि छैन, खाएको पनि छैन”,उनले भने ।
हिंसात्मक विद्रोहको जिम्मेवारी लिनुपर्ने भएता पनि आफूले कसैको ज्यान नलिएको उनले बताए। आफूले त्यत्रो विद्रोहको नेतृत्व गरेको बारे धेरैलाई आश्चार्य लाग्ने गरेको पनि उनले सुनाए।
“कसैलाई अचम्म लाग्छ, मेरै नेतृत्वमा तेत्रो विद्रोह भयो । तर, मैले एकजनाको पनि हत्या गरिनँ । हिंसात्मक विद्रोहको जिम्मेवारी मैले लिनुपर्छ, लिन्छु।”,उनले भने,