सखरखण्डको प्रयोगले धेरैवर्ष बाच्न र जवान रहन सकिने ! अध्ययनले गर्यो यस्तो पुष्टि..

लामो समयसम्म जवान रहने र बाच्ने इच्छा सबैको हुन्छ, यसको लागी खानपान अतिनै महत्वपूर्ण कुरा हो । विभिन्न रिसर्चको अनुसार लामो समयसम्म बाच्नको लागी कम प्रोटिनयुक्त र बढी कार्बोहाइड्रेटयुक्त खानेकुरा उत्तम साबित भएको छ, जसले मानिसलाई निरोगीपूर्ण जीवनयापनमा निकै ठुलो सहयोग गर्दछ ।

यस्तो खानेकुरामा सखरखण्ड एक उत्तम विकल्प मानिएको छ । सखरखण्ड जतिनै मिठो छ त्यतिकै स्वस्थकरका पनि रहेको छ । प्राकृतिक रुपमा गुलियो हुने सखरखण्डमा चिनीको मात्राभने हुदैन् । विशेष त अन्धो हुनबाट जोगाउन र शरीरको तौल घटाउन पनि यो निकै उपयोगी खानेकुरा हो ।

क्यालिफोर्निया युनिभर्सिटीका पोषण वैज्ञानिक कैरेन रेयानले पनि कम प्रोटिनलिएमा खराब वा जमेको प्रोटिन सफा हुनथाल्छ भनेका छन्,जसले गर्दा उमेर बढ्न नदिई लामो समय बाच्न र जवान रहन मद्दत गर्दछ । वैज्ञानिकहरुले सन् १९३० को दशकदेखि धेरै चिकित्सकलाई जति कम क्यालोरीखायो, उत्तिनै तौल नियन्त्रण भई यसबाट उमेर पनि प्रभावित हुने कुरा सल्लाह दिदैं आएका छन् । यस तर्कलाई सावित गर्न बाँदरमाथि अध्ययन गरिएको थियो, जसमा ३० प्रतिशत कम क्यालोरीवाला खाना दिइएको बाँदरको मृत्युदर घटेको थियो । अध्ययन करिब २० वर्ष सम्म यो अध्ययन चलाइएको थियो ।

ओकिनावामा रहेका मानिसहरु लामो समय जवान रहन्छन् भने लामो समय सम्म बाच्ने पनि गर्दछन् । उनीहरुले एसियाकै बासिन्दा जस्तै चामललाई मुख्य भोजनको रुपमा लिएका छैनन् भने अधिकाशले सखरखण्ड धेरैनै सेवन गर्ने गरेका छन् जसबाट उनीहरु लामो समयसम्म जवान रहेको कुरा सजिलै संका गर्न सकिन्छ । यस्तै कम क्यालोरीयुक्त खानेकुरा खाएमा मुटुको रोग हुने खतरा निकै कम हुन्छ भने उच्च रक्तचाप र कोलोस्ट्रोल पनि नियन्त्रण हुन्छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६११:३०

मेकअप नहटाई सुत्दा कुरूप हुने खतरा ! हेरक युवतीहरुले थाहा पाइराख्नुस् !