टेष्ट राष्ट्र सहभागी टि२० प्रतियोगिता खेल्दै नेपाल ! यस्तो छ खेलतालिका

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसकेपनि टेष्ट राष्ट्र आयरल्यान्डसहित पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने भएको छ ।

ओमान क्रिकेटको आयोजनामा ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान सहित टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाउने सबै प्रतियोगितामा आईसीसीको रेख देखमा प्रतिस्पर्धा गर्दै आएको छ ।

नेपाल दुई साता अघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० विश्वकप छनोटमा सिंगापुर र कतारसँग पराजित हुँदै बाहिरिएको थियो । यसका बाबजुद पनि आईसीसीले नेपाललाई प्रतियोगिता खेल्ने स्वीकृति दिएको हो ।

खेल तालिका:

प्रकाशित : शुक्रबार, साउन २४, २०७६११:५१

माल्दिभ्समा विमल चम्किए पछि टिसी विजयी, विमल ‘म्यान अफ द म्याच’ !