भोलि साउन २५ गते शनिवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको २५ गते शनिवार इश्वी संवत २०१९ अगस्ट १० तारिख, काठमाडौंमा सूर्योदय– ५: ३२  बजे, सूर्यास्त– १८:४५  बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

आध्यात्मिक दृष्टिले समय लाभदायक रहेको छ।  नया कार्यको थालनी गर्नका लागि समय अनुकुल रहेको छ।  बाणीमा संयमित् रहनु पर्नेछ। शत्रुले नकारात्मक समय फाइदा उठाउलान। साझेदारीमा फाइदा पुग्ने छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

लाभ हुने कामको प्रारम्भ गर्ने समय रहेको छ।  गरिएको कामको राम्रै मुल्यांकन पाइने छ।  दाम्पत्यजीवन सुखमय रहने छ।  ब्यापारमा वृद्धि हुनेछ। सुखद यात्राको सम्भावना रहेको छ।  शुभ समाचार सुन्ने अवसर मिल्नेछ।  यश किर्तीमा वृद्धि हुनेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरुसंग मित्रता बढ्ने छ।  साहित्य लेखनको कार्यमा गहिरो रुचि बढ्नेछ। घरायसी वातावरण सुखमय रहने छ।  रोकिएका कामहरु सजिलै बन्ने छ।  प्रतिष्पर्धामा विजय हासिल गर्ने समय रहेको छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

व्यापार व्यवसायमा लाग्नेहरुका लागि बिशेष फाइदा हुने समय रहेको छ।  आकस्मिक खर्चको मात्रामा वृद्धि भएर जानेछ।  सकेसम्म यात्रामा ननिस्कादा नै राम्रो हुनेछ। पेटसम्बन्धी समस्याको शिकार भइने छ।  रुचिका बिषयमा लगानी बढाउने समय रहेको छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

परिवारमा असमझदारी बढ्नाले अनावश्यक वाद विवादमा परिएला।  आय आर्जनका नया स्रोतहरु खुलेर जानेछन।  व्यापार व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ।  स्वास्थ्यमा समस्या देखिनेछ।  मनमा नकारात्मक भावना आउन नदिनुहोला।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

आँटेका प्रत्येक कामहरु समयमा नै सम्पादन भएर जानेछन। दिर्घकालिन योजना बनाउने समय रहेको छ।  स्वास्थ्य अनुकुल रहने छ। दाजु भाईको सम्बन्धमा निकटताको अनुभूति हुनेछ।  प्रतिष्पर्धामा विजय हासिल गर्ने समय रहेको छ। भाग्यले साथ दिनेछ।  आध्यात्मिक सिद्धि प्राप्त हुने  छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

अस्वस्थताको बाबजुत दायित्व बढेर जानेछ।  मानसिक द्विविधाले गर्दा महत्वपुर्ण हातबाट गुम्ने छ।  बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणीमा संयम रहनु पर्नेछ। सानातिना काममा अल्झिने समय रहेको छ। आर्थिक लाभ हुने सम्भावना रहेको छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

समयमा होसियार  बन्न नसक्दा विभिन्न वाधा अड्चनको सामना गर्नु पर्नेछ। पारिवारिक वातावरण सुखमय रहने छ।  विभिन्न उपहार पाइने समय रहेको छ।  खर्चको मात्रा बढेर जानेछ।  मेहनत गरे अनुरुपको कार्यमा सफलता नमिल्दा मानसिक चिन्ताले सताउने छ।  समग्रमा तपैका लागि भोलिको दिन सामान्य रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

नसोचेको ठाउँबाट धन लाभ हुनेछ।  क्रोधलाई काबुमा राख्न  सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  परिवारका सदस्यबीच मनमुटाव हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ। अचानक हुने दुर्घटनाबाट  बच्नु पर्नेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

कडा परिश्रमका बाबजुत उपलब्धि उठाउन मुस्किल पर्नेछ। घरमा धार्मिक एवम मांगलिक कार्यको आयोजना हुने सम्भावना रहेको छ।  शुभ चिन्तकहरुको सुझावलाई बेवास्ता गर्नाले दुख पाइने छ।  आर्थिक कारोवारका क्षेत्रमा हात अगाडी नबढाउडा नै राम्रो हुनेछ।  नोकरी व्यवसायको क्षेत्रमा अधिक लाभ हुने देखिन्छ। मान सम्मानमा वृद्धि भएर जानेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्नेछ।  भौतिक साधनको क्षतीले आर्थिक नाश भएर जानेछ।  ठुलाबडाको आशिर्वाद प्राप्त हुनेछ। नोकरी व्यवसायको क्षेत्रमा समय अनुकुल रहेको छ।  स्वास्थ्य अनुकुल रहेको छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।  पारिवारिक वातावरण सुखमय रहने छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

परिवारजनबाट टाढिनु पर्ने अवस्था सिर्जना हुनेछ।  आफ्नै कमि कमजोरीले गर्दा विवादमा परिनेछ। शारीरिक तथा मानसिक थकान र आलस्यता बढेर जानेछ। प्रतिष्पर्धामा सफलता हासिल गर्ने समय रहेको छ। सरकारी तर्फबाट लाभ उठाउन सकिनेछ। समग्रमा मिन राशी भएकाहरुका लागि भोलिको समय मिश्र फलदायी रहेको छ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६१४:१४

आज साउन २५ गते शनिवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !