सिक्री लुटिएला नि ! फेरी सलबलाउन थाले मोटरसाइकलबाटै सिक्री लुछ्नेहरु, ३ पक्राउ !

काठमाडौँ – सिक्रि लुछ्ने ‘स्न्याचिङ’को आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सिक्रि लुछ्ने ‘स्न्याचिङ’ गर्दै आएको एक गिरोहलाई शुक्रबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ओखलढुंगाका ३९ वर्षीय टमबहादुर सुनुवार, रामेछापका ३४ वर्षीय टलकबहादुर रायमाझी र भारतका ३४ वर्षीय देवासिस दोलही रहेका छन्।

मोटरसाइकल प्रयोग गरी सिक्री लुटपाट गर्दै आएको उक्त गिरोहका एक व्यक्ति भने पक्राउ पर्न बाँकि रहेको प्रहरीले जनाएको छ। प्रकाश सुनुवार हाल फरार रहेको बताइएको छ।

प्रहरीका अनुसार टमबहादुर र प्रकाशले मोटरसाइकलको प्रयोग गरी सिक्री लुट्ने गरेका थिए। टलकबहादुरले भने लुटिएको सुन व्यवस्थापन गर्ने जिम्मेवारी सम्हालेका थिए।

यस्तै पक्राउ परेका भारतीय नागरिक सुन बनाउने कालिगढ रहेको र उनले लुटिएको सुनलाई गाल्ने काम गर्दै आएका आएको प्रहरीले जनाएको छ।

सिक्री लुटपाटमा संलग्न आएका टमबहादुर, टलकबहादुर र प्रकाश पहिला पनि कारागार चलान भैसकेका अपराधी रहेका छन्। टलक र प्रकाश पहिला पनि सिक्री लुटपाटमै जेल पुगेर छुटेका थिए। यता टमबहादुर अन्य चोरी अपराधमा जेल सजाय भुक्तान गरि छुटेका व्यक्ति रहेका छन्।

पछिल्लो समय सिक्रि लुछ्ने ‘स्न्याचिङ’का घटनाहरु बढेको र गर्मी सुरु भएपछि सिक्री लुटेर सलबलाउने गरेको विश्लेषण प्रहरीको छ। प्रहरीले सकभर सक्कली गहना लगाएर हिँड्दा सावधानी अपनाउन सर्वसाधारणलाई सचेत गराउँदै आएको छ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६१३:४८

त्रिशूली नदीमा एक महिला र बालकको शव भेटियो, पहिचान खुल्न सकेन !