कट्रिनाकी बहिनीसहित यी ७ स्टारकिडले यसै वर्ष बलिउडमा डेब्यू गर्दै !

 २०१९ सालमा पुरै तरिकाले न्यूकमर बलिउड स्टारमा समर्पित छन्। यो वर्ष केहि स्टारहरुले डेब्यू  गरिसकेका छन् । यी न्युकमरहरु कुनै स्टारकिड हुन भने कुनै हैनन्। सिद्दान्त चतुर्वेदी देखि इसाबेल कैफसम्म तपाईलाई यस्तो नाम बताउछौ जसले यो वर्ष डेब्यू  गर्दैछन्।

साहिर बंबा


‘पल पल दिल के पास ’ बाट  करण देओलको छोरा बाहेक अभिनेत्री  साहिर बंबाले पनि डेब्यू गर्नेछिन् । करण देओल एक स्टार किड हुन् भने साहिर एक नन-फिल्मी ब्याकग्राउन्ड  केटि हुन्। उनी टाइम्स फ्रेश फेसको  विजेतामा  एक हुन्  र शिमलाबाट हुन्।  यो वर्ष रिलीज हुन् गईरहेको यो बहुप्रतिक्षित फिल्ममा  करण र साहिरको  लागि फ्यान  एक्साइटेड छन्।

इसाबेल कैफ


कट्रिना  कैफ बलिउडमा सबैभन्दा सुन्दर अभिनेत्रीमा एक हुन्।  उनको बहिनी  इसाबेल कैफ पनि त्यति नै सुन्दर छिन्। इसाबेल बलिउडमा आफ्नो सुरुवाती गर्न निकै तयार छिन्। उनी छिट्टै  आयुष शर्मासँग फिल्म ‘क्वाथा’ मा देखिदैछिन् । फिल्म भारतीय सेनाको साँचो  साहसिक घटनामा  आधारित छ । यो भन्दा पहिला यो पनि बताईएको थियो कि  इसाबेल सूरज पंचोलीको   फिल्म ‘टाइम टू डांस’ बाट सुरुवात गर्नेछिन्।

संजना सांघी


यी  अभिनेत्री पहिलो पटक रणबीर कपूर स्टारर रकस्टारमा  एक सपोर्टिंग रोलमा थिइन्।  अब उनी हलिउड फिल्म  ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेकमा लीड रोलमा काम गर्दैछिन्। यो फिल्मको नाम ‘दिल बेचारा’  हो ।  उनी यसमा सुशांत सिंह राजपूतको साथमा काम गर्नेछिन्। यो फिल्म जन ग्रीन द्वारा लिखित फेमस नोवेल , द फल्ट इन आवर स्टार्समा आधारित छ।

अहान शेट्टी

यो  स्टार किड्स धेरै सजग श्रेणीमा पर्छन्।  जसको डेब्यू कैयौँ फ्यानहरुले गरिरहेका छन्। अहान, सुनील शेट्टीको छोरा हुन् र उनी लीड रोलको लागि पुरै तयार छन्। उनी तेलुगु हिट ‘आरएक्स १०० ‘ को हिन्दी रीमेकमा आफ्नो सुरुवात गर्नेछन्। उनको साथ ‘स्टूडेंट अफ द ईयर २ ‘ को अभिनेत्री तारा सुतारिया पनि हुनेछ।  मिलन लुथरियाको निर्देशनमा बन्न गईरहेको फिल्मको रिलीज डेट अहिलेसम्म फिक्स भएको छैन।

सई मांजरेकर


सुपरस्टार सलमान खान आफ्नो साथी  र अभिनेता  महेश मांजरेकरको छोरी  सईसँग आफ्नो  आगामी पुलिस ड्रामा ‘दबंग ३’ लन्च गर्दैछन्। यो फिल्ममा उनी  सलमानको बचपनको  प्रेमिकाको  रोल निभाउनेछिन् । रिपोर्ट्स अनुसार उनी सलमान खानसँग अहम भूमिका शुट गर्नेछिन्।

आलिया फर्नीचरवाला


पूजा बेदीको  छोरी आलिया एफ सैफ अली खान र तब्बूसँग  ‘जवानी जानेमन’ मा काम गर्दैछिन्।  नितिन कक्कडद्वारा निर्देशित यो  फिल्ममा उनी  सैफको छोरीको  भूमिका निभाउनेछिन्। हालै उनी लन्डनमा फिल्मको शुटिंगको लागि गएकी थिइन्।

सिद्धांत चतुर्वेदी


जोया अख्तरको  फिल्म ‘गली ब्वाय’ बाट आफ्नो करियरको सुरुवात गर्ने  सिद्धांत चतुर्वेदीको अभिनयलाई सबैले तारिफ गरेको थियो। उनी आफ्नो फ्यानसँग केहि डेशिंग पिक्चर्स शेयर गरिरहन्छन्।  उनी पनि यही वर्ष फिल्ममा लीड रोलमा काम गर्न सक्छ्न्।

प्रकाशित : शनिबार, साउन २५, २०७६१२:४३

‘बाहुबली’ मा प्रभासको पारिश्रमिक सुनेर उड्नेछ तपाईको होस, शुटिंगमै बितेको थियो ५ वर्ष…