शिल्पा पोखरेललाई अदालतदको “झड्का”, प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्ने !

काठमाडौँ – बहुविवाहको मुद्दामा परेको उजुरी विरुद्ध शिल्पा पोखरेलले पूर्जी खारेजीका लागि दिएको रिट उच्च अदालत पाटनमा खारेज गरिदिएको छ।

हेमा ओझाको उजुरीका आधारमा प्रहरीले पोखरेलसहित छविराज ओझाविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि पोखरेल पक्राउ पूर्जी खारेज गर्नको लागि उच्च अदालत पाटन पुगेकी थिइन्।

पोखरेलको रिट उच्च अदालत पाटनले खारेज गरिदिएपछि पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ। अदालतले पोखरेलको रिट खारेज गर्दै प्रहरीलाई पक्राउ गर्न सक्ने प्राधिकार दिएको हो।

अब प्रहरीले बहुविवाहको उजुरी परेका पोखरेलले र छविराज ओझालाई जुनसुकै बेला पक्राउ गर्न सक्नेछ। ओझाकी प्रथम पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

बाटो खुलेसँगै काठमाडौँ प्रहरीले पोखरेल र ओझालाई जुनसुकै बेला पक्राउ गर्ने बताइएको छ।

प्रकाशित : शनिबार, साउन २५, २०७६०५:३६

मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने