अनुहारमा अक्टोपस राखेर फोटो खिच्दा महिलाको बिजोग, बेलुन जस्तै फुलिन् !

एजेन्सी – अमेरिकाकी एक महिलाले प्रतियोगिताको लागि अक्टोपससँग फोटो खिचाएकी थिइन्। फोटो खिच्दा गरेको एक गल्तिको कारण उनी थलानै परीन्।

गल्ति के थियो भने, उनले अक्टोपस खतरा हुन सक्ने तथ्यलाई नजरअन्दाज गर्दै अक्टोपसलाई अनुहारमा राखेर तस्विर खिचाएकी थिइन्।

जानकारी अनुसार घटना अमेरिकाको वाशिंगटन को हो। ४५ वर्षीय जेमी बिसेग्लिया टैकोमा नैरोज ब्रिज नजिकै आयोजना गरिएको फिशिंग डर्बीमा सहभागी भइन्। त्यहाँ केहि व्यक्तिहरु अक्टोपस समाउन सफल भएका थिए। डिनरको लागि उनले एक अक्टोपस खरिद गरिन्।

तस्विर खिचाउन उनले अक्टोपसलाई आफ्नो अनुहारमा राखिन्। एक्कासी उनलाई चिउँडोमा केहिले घोचेको जस्तै अनुभव भयो। खासमा अक्टोपसले जेमीको चिउँडोमा टोकेको थियो। जहाँबाट केहि रगत पनि आयो।

डर्बी फिशिंग पूरा गर्ने धुनमा उनले अक्टोपसले टोकेको तर्फ खासै ध्यान पनि दिइनन्। तत्कालै अस्पताल जानुपर्नेमा जेमी प्रतियोगिता तर्फ धेरै केन्द्रित थिइन्।

भोलि पल्ट देखि नै उनको अनुहारमा परिवर्तन देखा पर्न थाल्यो। उनको पूरै अनुहारमा जलन हुन थाल्यो, सुन्निएर ठूलो भयो। उनी खान समेत नसक्ने भइन्।

समस्या बढ्दै गएपछि मात्रै उनी अस्पताल गइन्। जहाँ उनलाई भर्ना गरियो र उपचार थालियो। केहि दिनको उपचार पनि उनी निको भइन्।

प्रकाशित : शनिबार, साउन २५, २०७६०६:१८

रङ्गेहात पक्राउ परेकी चोर महिलाले सुपरमार्केटमै गरिन् यस्तो अ’श्लिल हर्कत [भिडियो]