फेरी अनुराग कश्यपको यस फिल्ममा काम गर्दै तापसी…

अनुराग कश्यप निर्देशित फिल्म मनमर्जियां र निर्माणित फिल्म ‘सांड की आंख’ मा काम गरिसके पछि अभिनेत्री तापसी पन्नूले एकपटक फेरि  अनुरागको फिल्ममा काम गर्न तयार भएकी छन्।  यो कुराको घोषणा तापसी  आफैले गरेकी थिइन् ।  यो बताउदै तापसीले भनिन् कि यो फिल्म एक सुपरनेचुरल थ्रिलर फिल्म हुनेछ । यधपी ताापसीले यो खुलासा गरेकी छन् कि यो फिल्ममा कुनै पनि भूतको कहानी हुने छैन। यो कुरा भन्दै तापसीले भनिन् , ” मेरो अघिल्लो फिल्म , गेम ओभरमा यस्तो कैयौँ  सीन थियो जुनले तपाईहरुलाई सोध्न बाध्य गर्यो। तर यो फिल्ममा कुनै पनि डरलाग्दो सीन छैन।”

तापसी अगाडी भन्छिन् ,” म अहिले नै फिल्मको कहानी लीक गर्न चाहन्न। यति भन्छु कि यो फिल्म सुपरनेचुरल तत्वमा आधारित छ। जुनले सबै मान्छेको जीवनलाई  प्रभावित गर्छ।” यो  फिल्मको भारत बाहिर पनि शुटिंग हुनेछ।  फिल्मको कहानी अनुसार फिल्मलाई एक खास सेट अप चाहिन्छ। फिल्मको शुटिंग जाडो महिनामा हुनेछ।  फिल्मको कहानीमा  तापसी बाहेक अरु पनि कलाकारहरु हुनेछन्। अनुराग कश्यपको  निर्देशनमा बन्न गईरहेको यो फिल्मलाई सुनील खेत्रपालले  प्रोड्यूस गर्नेछन् ।

प्रकाशित : शनिबार, साउन २५, २०७६०६:४८

नेहा कक्कड मात्र नभई यी कलाकारहरुले पनि झेलेका थिए ब्रेकअपको पिडा, अहिले यसो भन्छन…