काठमाडौँ – मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए ।
“उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर मनसुन सक्रिय हुने अवस्था रहेको छैन्”,मौसमविद् बासीले भने ।
“यो अवधिमा वर्षा नै नहुने भन्ने हुँदैन, अहिले मनसुनको समय हो, ‘आइसोलेटेड’ वर्षा हुनसक्छ । कुनै खास क्षेत्रमा अन्य क्षेत्रमा भन्दा पृथक रुपमा वर्षा हुनसक्छ”, तर त्यसलाई मनसुन पूर्ण सक्रिय भएको भन्न मिल्दैन।”, मौसमविद् बासीको भनाइ रहेको छ ।
मौसमविद्का अनुसार न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर –प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गाल हुँदै बङ्गालको खाडीको शिरसम्म जनाउँछ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
त्यस्तै सोमबार देशको धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, पूर्वी र मध्यका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ। भारतको मध्य प्रदेशमा रहेको मनसुनको निम्न चापिय प्रणाली (Monsoon Depression) हाल कमजोर भइ भारतको राजस्थानमा Low Pressure Area को रुपमा मात्र रहेको छ | मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान (Normal position) भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म (Head of Bay of Bengal) जनाउँछ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही देशका थारै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण २५ गते (शनिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ । देशको पहाडि भू-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
राती: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ । देशको मध्य र पूर्वि पहाडी भू भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
श्रावण २६ गते (आइतबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।
श्रावण २७ गते (सोमबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आन्सिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा तथा पूर्वी र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ। साथै देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।