एजेन्सी – चीन पुगेका पाकिस्तानी विदेशमन्त्री महमूद कुरेशीले चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँग भेट वार्ता गरेका छन्। समर्थन माग्न इमरान खानले विदेशमन्त्रीलाई चीन पठाएका थिए।
विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेपछि चीनको समर्थन जुटाउन चीन पुगेका पाकिस्तानी विदेशमन्त्री महमूद कुरेशीले चिनियाँ विदेशमन्त्री वाङ्ग यीलाई भेटेका हुन्।
शान्ति र स्थिरताका लागि पाकिस्तानले गरिरहेको प्रयासलाई चीनले सकारात्मक रुपमा लिएको र त्यसलाई समर्थन गर्ने वाङ्गको भनाइ रहेको बताइएको छ।
वाङ्गले भारतको आक्रामक रवैयाका कारण जम्मू कश्मीर क्षेत्रका मानिसहरु खतरामा परेको उल्लेख गर्दै पाकिस्तानलाई समर्थन रहेको प्रष्ट परेको जानकारीहरु सतहमा आएका छन्।
भेटवार्ता पछि पाकिस्तानी विदेशमन्त्रीले ट्विट गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेशीले मिलेर कश्मीरका मानिसहरुको आवाज उठाउन चीन सहमत भएको जानकारी गराएका छन्।
चीनले कश्मीर मुद्दामा भारत र पाकिस्तानलाई संयम रहन आग्रह गरेकोमा भारतले दोस्रो देशको आन्तरिक मामिलामा दखल राख्न आवश्यक नरहेको जवाफ फर्काएको थियो।
China supports Pakistan’s repeated calls for peace and stability and we will work together to highlight the voice of Kashmiris to the world. 3/3
— Shah Mahmood Qureshi (@SMQureshiPTI) August 9, 2019
Today I had a strong and conclusive meeting with State Counsellor and Foreign Minister of China, Wang Yi. Pakistan shares a bond of brotherhood with China as further evidenced in the meeting today where China reassured Pakistan of it’s support and commitment. 1/3 pic.twitter.com/TXysZnhOKq
— Shah Mahmood Qureshi (@SMQureshiPTI) August 9, 2019
Foreign Minister Wang Yi has acknowledged that India’s aggressive stance on Kashmir leaves the people of Kashmir vulnerable and voiceless while also putting the entire region at risk. 2/3
— Shah Mahmood Qureshi (@SMQureshiPTI) August 9, 2019