विवाह अगाडी नै गर्भवती भईन अक्षय कुमारकी यी हीरोइन, टपलेस तस्वीर शेयर गर्दै लेखिन यस्तो…

अक्षय कुमारसँग काम गरेकी अभिनेत्री  एमी ज्याक्सन बिहे अगाडी नै आमा बन्दैछिन्। केहि दिन पहिले उनले ब्वाइफ्रेन्डसँग इन्गेजमेन्ट गरेकी थिइन्। यसै बीच एमी लगातार सोशल मीडियामा  बेबी बम्पको तस्विर शेयर गरिरहेकी छन्।  एमीले  प्रेग्नेंसीको  ३३ औँ हप्ता पुरा भएको तस्विर शेयर गरेकी छिन् ।  यो तस्विर  टपलेस हो । यो तस्वीरलाई  शेयर गर्दै  एमीले बताईन् कि उनको शरीरमा के-के परिवर्तन आयो।

एमीले यो तस्विर इंस्टाग्राममा शेयर गरेकी हुन्। तस्विर शेयर गर्दै एमीले क्यापशनमा आफ्नो प्रेग्नेंसीको ३३ औँ हप्ताको बारेमा बताएकी छिन्। एमीले लेखिन् , ‘ ग्रीस, म र मेरो बच्चाले पुरै गर्मी बगैँचाको पछाडी बिताएका हौ। उसलाई देख्नको लागि कुरिरहेकी छु। अहिले म आफ्नो प्रेग्नेंसीको ३३ औँ हप्तामा छु।  यसैक्रममा  बेबी बम्प, स्ट्रेच मार्क, तौल बढ्ने र सबैकुरा भईरहेको छ।’

एमीले यो  तस्वीरलाई ह्याशट्याग मदरहुडको साथ शेयर गरेकी छन्।  यो भन्दा पहिला पनि एमीले बेबी बम्प देखाएर कैयौँ  फोटो शेयर गरेकी छन्। एमीले आफ्नो  प्रेग्नेंसीको  खबर सोशल मीडियामा एक तस्विर शेयर गरेर गरेकी हुन्। एमी र उनको  ब्वायफ्रेन्ड जर्जले अघिल्लो वर्ष गोप्य  बिहे गरेका  थिए तर  ६ जुलाईमा परिवारबीच यी दुईले इन्गेजमेन्ट गरेका थिए।

एमीले आफ्नो इन्गेजमेन्टको तस्विर सोशल मिडियामा शेयर गरेकी थिइन्। तस्विरमा जर्जको परिवार , साथी र नजिकका मान्छेहरु थिए। जर्ज अरबपति बिजनेसम्यान हुन्।  एमी अन्तिम पटक  ‘२.० ‘ मा देखिएकी थिइन् । एमी बलिउडभन्दा पहिले  साउथ इन्डियन फिल्ममा काम गर्थिन्।  एमीले २०१२ सालमा  फिल्म ‘एक दीवाना था’ बाट बलिउडमा डेब्यू  गरेकी हुन्। खबर  अनुसार एमी र जर्ज २०२० मा बिहे बन्धनमा बाधिन सक्छन्।

प्रकाशित : शनिबार, साउन २५, २०७६०९:५५

यी नायिकाहरु पैसाको खोला बगाएर सुन्दर बनेका थिए !