“पुगेको ठाउँमा जनताको भीड लाग्नुमा पूर्वराजाको गल्ति छैन, प्रचण्डले धम्कि दिन मिल्दैन”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले पूर्वराजा ज्ञानेन्द्रलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले धम्की दिन नमिल्ने बताएका छन्।

प्रचण्डले केहि दिन अगाडी ज्ञानेन्द्रलाई नागर्जुनबाट निकाल्न नपरोस् भन्दै दिएको धम्कि प्रति लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले यस्तो बताएका हुन्।

राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले राजाले म फर्किन्छु भनेर नहिँडेको उल्लेख गर्दै यो गर, उ नगर भन्न नमिल्ने तर्क गरे।

पुगेको ठाउँमा भिड लाग्नु र नारा लाग्नुमा ज्ञानेन्द्रको कुनै गल्ति नभएको जबराको दावी छ।

“प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो । कसैले पनि बोल्नलाई रोक्न सक्दैन् । तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहीँ हुँदैन् । राजाले म फर्किन्छु भनेर हिँडेको छैन् । उहाँले भाषण गरेको छैन् । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो ।”,उनले भने।

पूर्वराजासँग ओली र प्रचण्ड तर्सिएका हुन त ? भनेर सोधिएको अर्को प्रश्नमा उनले प्रष्ट्याए,‘उहाँहरु किन तर्सिनुहुन्छ, त्यो त उहाँहरुले जान्ने कुरा हो । मैले कसरी विश्लेषण गर्नु ?’

प्रकाशित : शनिबार, साउन २५, २०७६११:०६

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा पक्राउ