काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले पनि उल्ट्याउन नसक्ने दावी गरेका छन्।
एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्ले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो दावी गरेका हुन्।
जनतामा राजनीतिक सामाजिक सम्पूर्ण रुपमा ठूलो जागरण आइसकेको हुँदा अब कसैले पनि उल्ट्याउन नसक्ने उनको तर्क छ। ठूलो संघर्ष पछि प्राप्त भएको उपलब्धिलाई उल्ट्याउन खोज्नेहरु आफै सकिएर जाने उनले बताए।
जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् । परिर्वतन निरन्तर अगाडि बढीरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने तर्क गरे।
“जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।”,प्रचण्डले भने।