प्रिमियर लिगमा आज ६ खेल, को कोसँग भिड्दै ?[खेल तालिका सहित]

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबारबाट शुरु भएको छ । नयाँ सिजनको पहिलो खेलम अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले नर्विच सिटीमाथि ४–१ को फराकिलो जित निकाल्दै प्रभावशाली जित हात पारेको छ ।

लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोका ओरिगीले गोल गरे । एक गोल उपहार पाएको थियो । नर्विचका टिमु पुक्कीले एक गोल फर्काएका थिए ।

प्रिमियर लिगको दोस्रो दिन आज विभिन्न ६ खेल हुँदैछ । अघिल्लो संस्करणको प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले वेस्टह्यामसँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान थाल्नेछ । यस्तै टोटेनहम हस्टपरले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्दैछ ।

खेल तालिका
वेस्टह्यामविरुद्ध म्यानचेस्टर सिटी (साँझ ५ः१५ बजे)
बर्नमाउथविरुद्ध सेफ युनाइटेड (साँझ ७ः४५ बजे)
बर्नलीविरुद्ध साउथह्याम्पटन (साँझ ७ः४५ बजे)
क्रिस्टल प्यालेसविरुद्ध एभर्टन (साँझ ७ः४५ बजे)
वाटफोर्डविरुद्ध ब्राइटन (साँझ ७ः४५ बजे)
टोनहमविरुद्ध एस्टन भिल्ला (राति १०ः१५ बजे)

प्रकाशित : शनिबार, साउन २५, २०७६११:४१

सुपर कम्प्युटरले गर्यो प्रिमियर लिगको भविष्यवाणी ! कुन टिम बन्छ च्याम्पियन ? [२० अनुमान]