प्रेम सम्बन्ध छुटछकी भन्ने चिन्ता लाग्छ ? यी ३ उपाए अपनाए जीवनभर धोका खानुपर्दैन !

हरेको व्यक्तिको इच्छा चाहना रहेन गर्छ आफ्नो प्रेमीलाई जीवनभर सुखी र खुशी राख्न सकौं । तर कोहिबेला समय र परस्थितिका कारण बिछोडिनु पर्ने अवस्था आउने गर्छ । प्रेममा धोका खानु आजकालका युवा युवतीमा कुनै अचम्मको कुरा होइन। आजको युवा पुस्तामा प्रेममा धोका खानु अर्थात प्रत्येक दिन ‘प्याचअप’ र ‘ब्रेकअप’ हुनु धेरै सामान्य कुरा हो।तर यसको अर्थ यो होइन कि आजकल कुनै पनि साँचो माया गर्ने मान्छे छैन। तर प्रायः यी साँचो माया गर्ने मान्छेले जसरी पनि मायामा धोका पाउँछन्। अहिले प्रचलन यस्तो बस्यो की आजकल जसलाई पनि जो कसै न कसैले धोका दिन्छन् । यदि प्रेममा धोका खाने डर लाग्छ भने अपनाउनु यी उपाए जुन आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ ।

समय दिनुहोस : यदि तपाईलाई मायामा धोका खाने डर लाग्छ भने समयको समेत ख्याल राख्न आवश्यक हुन्छ । तपाईको व्यस्तताको कारण पनि प्रेममा धोका पाउने सम्भावना धेरै हुन्छ । तपाई आफ्नो पार्टनरसँग कमै समयमात्र सम्पर्कमा रहँदा पनि धेरै समस्याहरु आईपर्ने र अलग हुनुपर्ने स्थिति समेत आउनसक्छ । त्यसैले हरेक प्रेमीले आफ्नो खाली समयमा पार्टनरसँग समय बिताउनु राम्रो हुनेगर्छ ।

व्यक्तिगत कुरामा ध्यान नदिने : हरेक प्रेममा पर्ने जोडीले एकअर्काको व्यक्तिगत कुरा भन्दा पनि आफ्नो मायामा ध्यान केन्द्रित गर्दा सफलता मिल्ने गर्छ । एकअर्काको व्यक्तिगत कुरामा बढी चासो दिने गर्दा उनीहरुको मजाकको पात्र बन्न स्थिति आईपर्न सक्छ र आफ्ना सम्पूर्ण घरायसी कुराहरु प्रेमिकासँग खोल्न जरुरि हुँदैन । उनीहरुले यसको फाइदा उठाउन सक्ने हुँदा यस विषयमा ध्यान पुर्याउन अवाशय्क रहन्छ ।

पूर्ण विश्वास हुनुपर्छ : प्रेममा परेका हरेक व्यक्तिले आफ्नो प्रेमी प्रति पूर्ण विश्वास रहने स्थिति भएमात्र सफलता मिल्न सक्छ । अन्यथा दुई बीच शंका उपशंका पैदा हुने हुँदा सम्बन्ध समेत धरापमा पर्नसक्छ । आफ्नो प्रेमी वा प्रेमिका अन्य व्यक्तिसँग बोल्ने वा हाँस्ने गर्दैमा विभिन्न शंका गर्ने गर्द सम्बन्धबाट अलग हुनुपर्ने अवस्था आउनेगर्छ । त्यसैले आफ्नो पार्टनरप्रति पूर्ण विश्वास भएमा मात्र जीवनमा प्रेम सफल हुनेछ । आफ्नो प्रेमी अन्यसँग बोल्नु वा मजाक गर्नुलाईनै विभिन्न दृष्टिकोणले हेर्नु गलत साबित हुनेछ ।

प्रकाशित : शनिबार, साउन २५, २०७६११:४५

परीक्षाको दिन सुतिरहेका नातीलाई उठाउन हजुरआमाले पुलिस बोलाएपछि…