आजकल तौल बढ्नाले महिलाहरुको लागी मात्र नभएर पुरुषहरुका लागी पनि चिन्ताको विषय बनेको छ । तौल बढ्नुमा सिधै हाम्रो जीवन शैली र गलत खानपान जिम्मेवार हुन्छ।
केही खाने कुराहरु यस्ता हुन्छन् जुन रातको समयमा खानाले हाम्रो शरीरमा फ्याट जम्मा हुन्छ। आज हामी तपाईलाई यस्तो खानाको बारेमा बताउछौ जुन सुत्नुभन्दा अगाडी कहिल्यै खानु हुदैन।
१. मैदा: मैदाले तौल बढाउन ठुलो भूमिका निर्वाह गर्छ। मैदामा अधिक मात्रामा क्यालोरी हुन्छ । त्यसैले सुत्ने बेलामा यसबाट बनेको चिज जस्तै पुरी, पराठा, पाउरोटी, बिस्कुट, पिज्जा आदि नखानुहोस्। यस प्रकारका चिज दिनमा खानुहोस् र भरपुर मात्रामा पानी पिउनुहोस्। यसले तपाइको स्वास्थ्यमा फाइदा पुर्याउछ।
२. मक्खन: तौल चाडै बढाउनको लागी मक्खन सिधै जिम्मेवार हुन्छ। त्यसैले मक्खन सुत्नुअघि नखानुहोस्। यसमा फ्याट धेरै हुन्छ, जुन रातमा सजिलैसंग पच्न पाउदैन र पेटमा गडबडी हुन्छ ।
३. क्रिम: यदि तपाई आफ्नो शरीरमा बोसो धेरै नहोस् भन्ने चाहानुहुन्छ भने सुत्नु अगाडी क्रिम नखानुहोस्। जुन स्वास्थको लागी हानिकारक हुन्छ
४. सेतो पाउरोटी: सेतो पाउरोटी भनेको पर्याप्त मात्रामा चीनी र फाइबरको मात्रा बराबर हुन्छ। खानाको यस्तो मिश्रणले तौल बढाउन जिम्मेवार हुन्छ। रातको समयमा यसको सेवन गर्नाले शरीरमा बोसोको मात्रा छिटो-छिटो बढ्दै जान्छ। राती सुत्ने बेलामा सेतो पाउरोटी कहिल्यै नखानुहोस्।
५. केरा: सुत्नु भन्दा अगाडी कहिल्यै पनि केरा खानु हुदैन। केरामा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ। दुधसँग यसको सेवन गर्नाले तौल बढ्न सुरु हुन्छ। त्यसैले केरा दिनमा मात्र खानुहोस्।