स्वप्न ज्योतिषको अनुसार रातमा अलग-अलग सपना देख्नु आफ्नो-आफ्नो महत्व हुने गर्दछ । आधा रात र सूर्योदय भन्दा पहिले सपना देखेमा शुभ फलको प्राप्ति हुने गर्दछ । सपना हामी अनेक-अनेक देख्ने गर्दछौ । जस्तै केही चीजहरु खादै गरेको सपना । सपनामा खाने कुराको के अर्थ रहेको छ जान्नुहोस् ।
१. यदी तपाईले सपनामा आइसक्रीम खादै गरेको देख्नु भयो भने तपाइको जिन्दगी सुख शान्तिले व्यतीत हुनेछ । २. यदि सपनामा ओखर देख्नु भयो भने यो खुशीको संकेत हो । सपनामा ओखरलाई देख्नु धनमा बढ़ोत्तरीको संकेत दिने गर्दछ । ३. सपनामा धनिया खादै गरेको देख्नु हुन्छ भने तपाइको स्वास्थ्य राम्रो रहनेछ । ४. भुईकटहर खादै गरेको देख्नु भयो भने यसले तपाइलाई पहिले समस्याको सामना गर्नु पर्ने त्यस छि मात्र राहत मिल्ने संकेत गर्दछ ।
५. अदुवा खादै गरेको देख्नु मान-सम्मानमा वृद्धि हुन्छ । ६. सपनामा अमला खादै गरेको देखेमा मनोकामना पूर्ण हुने संकेत गर्दछ । साथै यदि तपाई अमला देख्नुहुन्छ भने तपाइको इच्छा अधुरो हुन सक्छ ।
७. आपँ खादै गरेको देख्नुको मतलब धन र सन्तान सुख प्राप्त हुने संकेत हो । ८. यदी सपनामा इमली खादै गरेको देख्नु हुन्छ भने महिलाहरुको लागी शुभ मानिन्छ र पुरुषको लागी अशुभ मानिन्छ ।