आफ्नो पतिलाई दुख भएको देख्नै सक्दैनन् यी राशि हुने श्रीमतीहरु, हरेक पलमा दिन्छन् साथ

विवाह पछि श्रीमान-श्रीमतीको सम्बन्ध बिग्रँदा जीवननै ध्वस्त भएका उदाहरणहरु देख्न र सुन्न पाइन्छ। त्यसैले गर्दा श्रीमान-श्रीमती बीच आपसमा समझदारी हुन अपरिहार्य हुन्छ।

श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई बुझ्ने र साथ दिने गर्दा मात्रै जीवन सफल हुन्छ। श्रीमान-श्रीमतीले एक-अर्कालाई कतिको साथ दिन्छन् भन्ने राशिमा पनि निर्भर हुने ज्योतिषीहरु बताउँछन्।

ज्योतिषशास्त्रका अनुसार राशि व्यवहार अनुरुप श्रीमानका हरेक दुखमा निम्न उल्लेखित राशि भएका श्रीमतीहरुले साथ दिन्छन्।

मेष राशि

मेष राशि हुने महिलाहरु स्वभावले ज्यादै चलाख र बाठा हुन्छन्। हरेक काममा आफ्नो दिमाखको सहि सदुपयोग गर्ने क्षमता मेष राशी हुने महिलाहरुसँग हुन्छ। श्रीमानलाई परेको हरेक दुखमा यस राशि हुने श्रीमतीहरु साथ दिन्छन्। मेष राशि हुने श्रीमतीहरु आफ्नो श्रीमानको समस्या समाधान गर्न आफै अग्रसर पनि हुन्छन्।

वृश्चिक राशि

वृश्चिक राशि हुने महिलाहरु सफा हृदयका हुन्छन्। ईमानदारीताकै कारण वृश्चिक राशि हुनेहरु अरुको मन जित्छन्। आफ्नो पतिलाई साथ दिने मामलामा पनि वृश्चिक राशि हुने श्रीमतीहरु कुनै कसर बाँकि छोड्दैनन्। समस्या परेको समयमा आफूलाई अभाव र दुखमा पारेर भए पनि यस राशि हुने श्रीमतीहरु श्रीमानलाई साथ दिन्छन्।

कन्या राशि

कन्या राशि हुने महिलाहरु कोहि प्रति पनि गलत धारणा राख्दैनन्। यहि कारणले गर्दा कन्या राशि हुनेहरु हरेको नजरमा पर्छन्। श्रीमानलाई कन्या राशि हुने श्रीमतीहरु अत्याधिक माया गर्छन्। श्रीमानका हरेक दुखलाई आफ्नै सम्झिएर कन्या राशि हुने श्रीमतीहरु संघर्ष गर्न तयार हुन्छन्।

प्रकाशित : शनिबार, साउन २५, २०७६१२:०१

जस्तो सुकै दुखमा पनि निराश हुँदैनन् यी ४ राशि, पत्थरबाट पानी निकाल्नु परे पनि पछि हट्दैनन् !