एजेन्सी – आमिर खान, सलमान खान र शाहरुख खान धेरै समय देखि बलिउडमा सक्रिय छन्। बलिउडमा यी तीनैको पकड राम्रो छ। एकप्रकारले यी ३ खानको बलिउडमा राज चल्छ भन्न पनि सकिन्छ।
यी ३ खानसँग काम गर्ने धेरैको सपना हुन्छ। तर यी खानहरुसँग काम गर्न अस्विकार गरेका नायिकाहरु पनि छन्। आमिर खान, सलमान खान र शाहरुख खानका चलचित्रमा काम गर्न अस्विकार गरिसकेका नायिकाहरु निम्न छन्।
ऐश्वर्या राय बच्चन
आमिरको चलचित्र ‘राजा हिन्दुस्तानी’मा काम गर्न सबै भन्दा पहिलो ऐश्वर्यालाई प्रस्ताव गरिएको थियो। तर मिस वर्ल्डको तयारी गरिरहेको हुँदा ऐश्वर्याले आमिरसँग काम गर्न अस्विकार गरेकी थिइन्।
शिल्पा शेट्टी
शाहरुख खानको बिग बजेट फिल्म ‘बादशाह’मा काम गर्न शिल्पालाई प्रस्ताव गरिएको थियो। तर शिल्पाले रिजेक्ट गरिन्। त्यहि भएर चलचित्रमा ट्विंकल खन्नालाई लिइएको थियो।
दीपिका पादुकोण
आफ्नो करियरमा दीपिकाले अहिले सम्म पनि सलमान र आमिरसँग काम गरेकी छैनन्। सलमानका ‘किक’, ‘जय हो’, ‘बजरंगी भाईजान’ र ‘सुलतान’ जस्ता चलचित्र दीपिकाले रिजेक्ट गरिसकिन्।
काजोल
आमिर खान को ब्लकबस्टर फिलिम ‘३ ईडियट्स’मा पहिला काजोललाई लिने कुरा भएको थियो। तर काजोलले प्रस्ताव अस्विकार गरिन्। जसकारण चलचित्रमा करिनाले मौका पाइन्।
एमी ज्याक्सन
सलमानको चलचित्र “किक” मा काम गर्न एमीलाई पनि प्रस्ताव गरिएको थियो। तर एमीले प्रस्ताव अस्विकार गरेकी थिइन्।
प्रियंका चोपडा
बलिउड हुँदा हलिउडसम्म चकिएकी प्रियंकाले विभिन्न कारण देखाएर सलमानको चलचित्र “भारत” रिजेक्ट गरेकी थिइन्। आमिरको ‘गजनी’ पनि प्रियंकाले रिजेक्ट गरेका चलचित्रमा पर्छ।
कंगना रनावत
सलमानको ‘सुलतान’ मा काम गर्न कंगनालाई प्रस्ताव गरिएको थियो। तर आफ्नो यस चलचित्रले करियरमा खासै ठूलो फाइदा नपुग्ने भन्दै कंगनाले ‘सिल्तान’मा काम गर्न अस्विकार गरेकी थिइन्।
टि्वंकल खन्ना
करण जोहरले ‘कुछ कुछ होता है’मा सेकन्ड लीड रोलमा ट्विंकल खन्नालाई देख्न चाहेका थिए। तर टि्वंकलले करणको चलचित्रमा शाहरुखसँग काम गर्न अस्विकार गरेकी थिइन्।