बलिउड अभिनेता सलमान खानले सुनिल शेट्टीकी छोरी अथिया शेट्टीको करियर बनाउने जिम्मा लिएका छन् । भारतीय मिडियाका अनुसार सलमानले केही वर्षअघि ‘हिरो’ बाट डेब्यू गरेकी अथियाका लागि फिल्मको खोजी गर्न थालेका छन् ।
अथियाले ३ वर्षअघि डेब्यू गरेको फिल्म ‘हिरो’ले खासै सफलता हासिल गर्न सकेन । सुभाष घईको उक्त फिल्म सलमानले निर्माण गरेका थिए ।
तर, फिल्मले बक्स अफिसमा खासै सफलता हासिल गर्न नसकेपछि सलमानले उनका लागि हिट फिल्मको खोजी गर्न थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बलिउडका ‘दबंग’ सलमान खानले सुनिलकी छोरी अथियाका लागि मात्र नभएर ‘हिरो’कै मुख्य नायक सुरज पञ्चोलीका लागि पनि हिट फिल्मको खोजीमा जुटेका छन् । सुरज आदित्य पञ्चोलीका छोरा हुन् । सलमानले आफूले दिएको बचनअनुसार यी दुई हिरो–हिरोइनलाई ‘हिरो’मा डेब्यू त गराए । तर, फिल्मले असफलता हाँसिल गर्यो । त्यसैले सलमान फेरि यी दुईका लागि राम्रो प्रोजेक्टको खोजीमा छन् ।