कंगना अभिनित ‘जजमेन्टल हैं क्या’ को उत्कृष्ट प्रदर्शन, ३ दिनमा गर्यो यति करोडको व्यापार !

एजेन्सी , बलिउड अभिनेत्री कंगना रनौत र राजकुमार राव अभिनित चलचित्र ‘जज मेन्टल हैं क्या’ २६ जुलाई देखि प्रदर्शनमा आएको छ।  लामो विवाद र चर्को आलोचनाका बिचमा पनि चलचित्रले उत्कृष्ट व्यापार गर्न सफल भएको छ।

प्रकाश कोवलामुदीको निर्देशनमा तयार भएको चलचित्र अहिले तयार भएको बलिउड चलचित्र मध्ये निकै फरक अनि पृथक शैलीमा तयार गरिएको छ। हाल चलचित्रलाई दर्शक एवम चलचित्र आलोचकको तर्फबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।

२ घण्टा १० मिनेट लामो रहेको चलचित्रमा कंगनाको अभिनयको सह्रानीय रहेको छ। सधै भरि अभिनयका कारण दर्शकको वाहवाही पाउने गरेका राजकुमार रावले यस फिल्मबाट पनि आफु प्रतिभाशाली रहेको प्रमाणित गरिदिएका छन। चलचित्रमा सतीश कौशिक र जिमी शेरगिलले आफ्नो भूमिकालाई न्याय दिएका छन।

एकता कपुरको निर्माण रहेको चलचित्रले प्रदर्शनको पहिलो दिन ५.४० करोडको व्यापार गरेको छ भने दोस्रो दिनमा ८.०२ करोडको र तेस्रो दिन ८.६२ करोड गरि गरी २२ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ। जम्मा जम्मी २९ करोडको लगानीमा निर्माण गरिएको ‘जजमेन्टल हैं क्या’ ले एक सातामा नै आफ्नो लगानी सुरक्षित राख्ने अनुमान गरिएको छ।

सुरुमा ‘मेन्टल हैं क्या’  नामकरण गरिएको यस चलचित्रलाई इण्डियन साइक्याट्रिक सोसाइटीले विरोध गरेपछि ‘जजमेन्टल हे क्या ?’ राखिएको हो ।

 

 

 

 

 

 

 

 

प्रकाशित : आइतबार, साउन २६, २०७६१३:०४

लुज-जिन्स सम्हाल्न्न हम्मे-हम्मे परेपछि शिल्पाको व्यापक ट्रोल, बिचरीलाई बेल्ट देउ भन्दै मजाक !