माछापोखरीमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर

झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्र्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रकाशित : आइतबार, साउन २६, २०७६०४:०७

चितवनमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि… पक्राउ परे बुबा, फुपू दिदी