काठमाडौँ , साउन २६ । आज साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य स्थिर रहेको छ । गत साताको आइतबार यता लगातार बढेको सुनको मुल्य शुक्रबारदेखि स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला ७० हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य (७० हजार) मा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै आज तेजावी सुनको मुल्य तोलामा ६९ हजार ७ सय रुपैयामा कायम रहेको छ । गत आइतबार देखि बिहिबारसम्म सुनको मुल्य तोलामा ४२ सय रुपैयाले बढेको थियो । सुनको मुल्य लगातार बढेपछि ग्राहकहरु सुन किन्न भन्दा बेच्न उत्साहित भएको जनाइएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा ८ सय २५ रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको महासंघले जनाएको छ ।