पूर्व एमाले नेताले प्रचण्डविरुद्ध बोल्दै दिपशीखाको दादागिरि चल्दैन भनेपछि फेसबुकमा कुलंघार र संगारेसम्म

काठमाडौँ : नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर पार्टीका दुई नेताबीच जुहारी चलेको छ ।

गत शुक्रबार शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण गरेपछि सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले हिंसात्मक सङ्घर्षको अगुवाइ गरे पनि आफूले एकजनाको पनि ज्यान नलिएको अभिव्यक्ति दिएपछि राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशीखा) र पार्टी केन्द्रीय सदस्य सूर्य थापाबीच सामाजिक संजालमा भनाभन सुरु भएको हो ।

प्रचण्डको सो अभिव्यक्ति पछि थापाले सामाजिक संजालमा अध्यक्षविरुद्ध व्यंग गर्दै लेखेपछि राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष दिपशीखाले पार्टीको केन्द्रीय नेताले अध्यक्षप्रति बारम्बार आक्रमण गरेको भन्दै त्यस्तो प्रकारको आक्रमण अब सैह्य नहुने र सो पार्टी अनुशासन विपरित हुने भन्दै जिम्मेवारी त्याग गर्न सुझाव दिएका थिए ।

नेकपा केन्द्रीय सदस्य थापाले सामाजिक संजालमा लेखेका छन् ; ‘आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्व चाँहि मेरै हो १ जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।
म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसैबेला पनि शान्तिको पक्षधर नै थिएँ । भित्रभित्रै ! मने, बुद्धिदिनेहरुको सही बात बुझ्नुपर्छ ।
हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एकजना मनैदेखि शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ? विगतसँग क्रम भंग गर्दै हामीहरु यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि !’ आजको क्रान्तिकारी तरंग र मनोदशा !

त्यसपश्चात उनलाई लक्षित गर्दै दिपशीखाले लेखेका छन्; “सूर्य जी, पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।
हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो ।
सुझाव: यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ !”

दिपशीखाको यस सुझावपछि नेता थापाले पुन फेसबुकमा आफूलाई अनुसाशन सिकाएको भन्दै खिल्ली उडाएका छन् । उनले लेखेका छन्; ” दिपशीखाले अनुसाशन र मर्यादा सिकाउने ? कति हाँस्नु ? यस्तो दादागिरी स्वीकार्य हुन् भन्ठानेको ? विचरा !!

त्यस पश्चात दीपशिखाको पक्षमा फेसबुकमा लेखिएको छ ;यो सुर्य थापा नामको कुलंघार/संगारेलाई अनुशासन र मर्यादा कमान्डर दिपशिखाले किन सिकाउन पर्‍यो ? राजनीति गरेर आएको सबैलाई थाहा छ कि यो कुलंगार वैचारिक बहसबाट स्खलित भएर पार्टी एकता भांड्ने नियतले व्यक्तिगत टिकाटिप्पणीमा लागेको छ। याद राख संगारे “लातको भुत बातले मान्दैन” भन्ने सबैलाई थाहा छ । पार्टी एकताका विरोधी अभिजातहरुलाई युवाले नै तह लगाउनेछन ।

प्रकाशित : आइतबार, साउन २६, २०७६०७:४०

तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा