वास्तवमा मानिसले पुलिसलाई केहि घटना भयो भने बोलाउछन् तर थाईल्यान्डमा ठिक उल्टो भएको छ। थाईल्यान्डमा परिक्षा दिन जाने समयमा आफ्नो नाति सुतेर नउठेको कारण हजुरआमाले पुलिसलाई बोलाएकी छन् । वास्तवमा ब्यांककको एक घरमा नाति र हजुरआमा बस्थे । शुक्रबार वृद्दले निकै लामो समयसम्म नातिलाई परिक्षा दिन जानको लागि बोलाईन् तर नाति नउठेपछि उनले पुलिसलाई बोलाएकी थिइन् ।
मौकामा पुलिसकर्मी पुगेर ति युवकलाई उठाएर पढाईको बारेमा सम्झाए । पुलिसकर्मीले भने ,”यो उमेरमा पढाईको निकै जरुरी हुन्छ ।” युवकले पनि उनीहरुको कुरा माने । हजुरआमाले उनलाई परीक्षाको लागि तयार गरिन् । साथमा नयाँ पेन पनि दिईन् । पुलिसकर्मीले युवकलाई स्कुटरमा राखेर स्कुलमा पुर्याए । यो घटनालाई थाईल्यान्ड पुलिसले फेसबुक पेजमा शेयर गरेका छन् ।