उर्जामन्त्री पुन र विद्युत् प्राधिकरण प्रमुख कुलमान बीचको फुटबल खेल ३–० मा सकियो …

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसर आयोजित फुटबल फुटसल प्रतियोगिता ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनको टोलीले जितेको छ ।

आइतबार भृकुटीमण्डपस्थित फुटसल मैदानमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा उर्जामन्त्री पुनको टिमले विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

मन्त्रीको टोलिमा पुन आफैंले २ गोल हनेका थिए भने उनका स्वकीय सचिव दुर्गा चापागाईंले १ गोल गरेका हुन्। कुलमान नेतृत्वको टिमले भने कुनैपनि गोल फर्काउन सकेन।

जम्मा २० मिनेट खेलाइएको प्रतियोगितामा मन्त्री पुन र घिसिङले छुट्टाछुट्टै टोलिको नेतृत्व गरेका थिए।

प्रकाशित : आइतबार, साउन २६, २०७६०९:०३

धुलिखेलस्थित उपकुलपति, रजिस्ट्रार र डीनको कार्यालयमा तालाबन्दी