‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सबैले फेसबुक, ट्वीटरमा लोगो रखिदिनुस् : योगेश भट्टराई

फाइल तस्बिर

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने कार्यमा सहयोग पुर्याउन आम नेपालीसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गर्न अपिल गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न अनुरोध गरेका हुन् ।

उनले आइतबार एक विज्ञप्ति जारी गरि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने उदेश्य रहेको बताऊदै  सो अभियानमा सहभागी हुँदै सहयोग पुर्याउन अपिल गरेका छन् ।

 

प्रकाशित : आइतबार, साउन २६, २०७६११:५५

छुट्टाछुटै घटनामा दुई जनाको निधन