‘हजार जुनीसम्म’ को शिर्ष गीत सार्वजनिक (भिडियो सहित)

साउन, २६ । चर्चित रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ मा चौथो स्थान हासिल गर्न सफल आयुष केसीले गाएको गित सार्वजनिक भएको छ । चलचित्र ‘हजार जुनीसम्म’ को शिर्ष गीत ‘हजार जुनीसम्म’ नै बोल रहेको गीतमा उनले स्वर दिएका हुन् ।

उदय सोताङ्गको चर्चित गीत ‘हजार जुनीसम्म’ लाई रि-एरेन्ज गरेर चलचित्रमा समावेश गरिएको हो । चलचित्रमा उदय र आयुष दुबैको स्वरमा गीत रहने भए पनि यूट्युबमा भने आयुषको स्वर रहेको गीत मात्र सार्वजनिक गरिएको हो । चलचित्रमा आर्यन सिग्देल , स्वस्तिमा खडका , सलोन बस्नेत , संचिता लुइंटेल, अखिलेष प्रधान, प्रियंका कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ। चलचित्र साउन ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित : आइतबार, साउन २६, २०७६१२:१६

कंगना अभिनित ‘जजमेन्टल हैं क्या’ को उत्कृष्ट प्रदर्शन, ३ दिनमा गर्यो यति करोडको व्यापार !