आज साउन महिनाको अन्तिम सोमबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशीफल!

आज मिति बिक्रम संवत २०७६ साल साउन  महिनाको २७ गते सोमबार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको आजको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

पारिवारिक तथा दाम्पत्य जीवनमा खुसियाली मिल्नेछ। आर्थिक लाभको सम्भावाना रहेको छ।  साथीभाईका साथमा घुम्न जाने अवसर मिल्नेछ।  कार्यमा प्रसंशा मिल्नाका साथै उच्च अधिकारीको प्रसस्त साथ र सहयोग प्राप्त भएर जानेछ।  अनावश्यक वादविवादमा नफस्नु होला। वाहन सुख मिल्ने छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। हरेक कार्य योजना अनुरुप सम्पन्न भएर जानेछ।  आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।  बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार भएर जानेछ।  सुख समाचार सुन्ने अवसर मिल्ने छ।  समग्रमा तपाईका लागि आजको दिन शुभ फलदायी रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

अचानक स्वास्थ्यमा समस्या देखिन सक्नेछ। नया कार्यको प्रारम्भ गर्ने शुभ दिन रहेको छ।  सामाजिक क्षेत्रमा मानहानिको सम्भावना रहेको छ , सावधान रहनुहोला।  पाचनसम्बन्धी समस्या देखिन सक्नेछ।  जीवनसाथीको स्वास्थ्यमा समस्या देखिन सक्नेछ।  बिद्यार्थीवर्गका लागि समय अनुकुल रहेको छ।  यात्राको सम्भावना रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

परिवारमा अनावश्यक झैँ झमेला हुन सक्ने छ।  आयको तुलनामा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  समयमा भोजन नमिल्नाले पेट सम्बन्धी समस्या देखिन सक्ला।  अनिन्द्राको शिकार भइने छ।  सार्वजनिक स्थानमा मानहानिको सम्भावना रहेको छ।  सचेत रहनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

शारीरिक रुपले तपाईको स्वास्थ्य अनुकुल रहनेछ। दाजुभाईको सम्बन्धमा सुमधुरता छाउने छ।  रमणीय स्थलमा घुम्न जाने अवसर मिल्ने छ।  अचानक मित्र भेट हुन सक्नेछ।  कला क्षेत्रमा रुचि बढ्नेछ।  कार्यमा सफलता मिल्नेछ।  मानसिक रुपमा आनन्दित महसुश हुनेछ।  समग्रमा तपाईका लागि भोलीको दिन शुभ फलदायी रहेको छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

बोलीको प्रभावकारीता बढेर जानेछ। सोचेका हरेक कार्यमा सफलता मिल्नेछ।  परिवारमा सुख शान्ति छाउने छ।  आर्थिक लाभ हुने सम्भावना रहेको छ।  यात्राको सम्भावना रहेको छ।  स्वास्थ्य अनुकुल रहेको छ।  बौद्धिक क्षेत्रमा सहभागी हुने अवसर प्राप्त हुनेछ।  स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ।  समग्रमा तपाईको लागि आजको दिन शुभ फलदायी साबित हुनेछ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

साहित्य लेखनको क्षेत्रमा रुचि बढ्ने छ। स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनु पर्नेछ।  आर्थिक योजनाका कार्यहरु बन्ने सम्भावना रहेको छ।  अचानक मित्रभेट हुने  सम्भावना रहेको छ।  मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  आत्मबिश्वासमा वृद्धि भएर जानेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

अचानक दुर्घटना हुनबाट सकेसम्म जोगिनु पर्नेछ। मानसिक चिन्ताले सताउन सक्नेछ। स्वास्थ्यमा बिशेष सावधानी अपनाउनुपर्ने छ।  मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  अनावश्यक झैँ झमेलामा सकेसम्म नाफस्दा नै राम्रो हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

पारिवारिक जीवनमा सुख शान्ति छाउनेछ। मित्रका साथमा रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ।  आयआर्जनका नया स्रोतहरु खुलेर जानेछ।  स्वादिष्ट भोजनको अनुभूति हुने छ।  समग्रमा धनु राशी भएकाहरुका लागि आजको दिन लाभदायी रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

तपाईका लागि आजको दिन कुनै पनि कार्यमा सफलता पाउनका लागि कडा मेहनत गर्नु पर्ने छ।  अचानक हुने दुर्घटनाबाट बच्नु पर्नेछ।  नोकरीमा पदोन्नतिकोसम्भावना रहेको छ।  सन्तान सुख मिल्नेछ।  पारिवारिक वातावारण सुखमय रहेको छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

शारीरिक स्वास्थ्य सामान्य रहेता पनि मनमा उत्साह बढेर जानेछ।  कार्यमा सफलता मिल्नेछ।  विदेशस्थित आफन्तजन मार्फत शुभ समाचार सुन्न पाइने छ। खर्चको मात्रामा वृद्धि भएर जानेछ।  सन्तान सुख मिल्ने छैन।  प्रतिष्पर्धात्मक कार्यमा सहभागी नहुदा नै राम्रो हुनेछ।समग्रमा तपईकलागी आजको दिन मिश्र फलदायी रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

व्यापार व्यवसायको क्षेत्रमा सोचे अनुरुपको प्रतिफल प्राप्त गर्न सकिने समय रहेको छ। आकस्मिक धनलाभको सम्भावना रहेको छ।  स्वास्थ्य सामान्य रहेको छ।  दाम्पत्य जीवनमा खुसियाली छाउने छ।  अनावश्यक खर्च हुनबाट सकेसम्म बच्नु पर्ने छ।  इश्वरभक्ति र आध्यात्ममा मन लगाउनाले विशेष लाभ मिल्ने देखिन्छ।

प्रकाशित : आइतबार, साउन २६, २०७६१३:४४

भोलि साउन २८ गते मंगलवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल !