यी युवकसंग प्रेममा रहेको हल्ला चलेपछि नेहाले दिईन यस्तो कडा जवाफ!

हिमांश कोहलीसँग  ब्रेकअप भएपछि नेहा डिप्रेशनमा गएकी थिइन्। यो कुराको खुलासा नेहा आफैले सोशल मिडियामा गरेकी थिइन् । पछिल्लो समय नेहा कक्कड ‘इंडियन आइडल’ का प्रतिस्पर्धी विभोर पराशरसंग डेट गर्दैछिन् भनेर खबर बाहिरिएको छ । विभोरसंग प्रेम सम्बन्धको हल्ला चलेपछि उनले भनिन् कि कसैलाई यति नराम्रो महसुस नगराउनुहोस कि उनी आफ्नो ज्यान लिने सोच्न लागोस्।

नेहाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, “जब म यो लेखिरहेकी छु यो समय मेरो शारीरिक र मानसिक दशा सही छैन।  तर मैले बोल्नुपर्छ। तपाईहरुलाई महसुस हुदैन कि म कसैको छोरी र दिदिबहिनी  हु। मैले आफ्नो जीवनमा निकै मेहनत गरेकी छु ताकि मेरो परिवार म माथि गर्व महसुस गरोस्।  मान्छेहरु केहि थाहा नपाए पनि हल्ला फैलाउछ्न्। तिनीहरु यो पनि सोच्दैनन् यस्तो कुराले हाम्रो जीवनमा कति नराम्रो प्रभाव पर्छ । हामी सेलिब्रिटी हौ तर त्यो भन्दा अगाडी त मान्छे नै हौ। मान्छेको  पर्सनल लाइफ र उनको क्यारेक्टरको बारेमा कुरा गर्न बन्द गर्नुहोस्। उनीहरुलाई लज्जित गर्न बन्द गर्नुहोस। “

नेहाले  पोस्टको अन्तिममा लेखिन् , “यदि तपाई कसैको बुबा वा भाइ हुनुभएको भए आ-आफ्नो छोरी-बहिनीमाथि पनि यस्तै गर्नुहुन्थ्यो ?”

यो भन्दा पहिले बलिउड लाइफसँग इन्टरभिउको क्रममा विभोरले आफनो  र नेहा कक्कडको नाताको बारेमा खुलासा गरेका थिए।  विभोरले, ”म यदि विभोर पराशर छु त सिर्फ उहाँको कारण छु।  म उहाँलाई इज्जत गर्छु । त्यसैले म यस्तो हल्लामा कुरा गर्न मन पराउदिन। मेरो दिमाख खराब हुन्छ यस्तो कुरा सुनेर। “

 

प्रकाशित : सोमबार, साउन २७, २०७६०६:३७

प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, घाइते हुनेको परिचय खुल्यो !