विर्तामोड नगरपालिकाको वडा कार्यलयमा एकाबिहानै शक्तिशालि बम बिस्फोट

काठमाडौँ – सोमबार बिहानै झापाको विर्तामोड नगरपालिकामा बम बिस्फोट भएको छ।

सोमबार बिहान ४ बजे आसपासको समयमा ८ र ९ वडाको संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो। बिस्फोटमा प्रेसर कुकर बम प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ।

बिस्फोटबाट कुनै मानवीय क्षति नभएता पनि ठूलो भौतिक क्षति भएको छ। कम्प्युटरसहितका उपकरण नष्ट भएका छन् भने कागजात समेत जलेका छन्।

यस्तै बिस्फोटका कारण संयुक्त कार्यालयको झ्यालका सिसा फुटेको र आसपासका घरका समेत सिसा फुटेको र चर्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिस्फोट कसले र किन गरायो भन्ने बारे केहि नखुलेता पनि बिस्फोट विप्लव समूहले गरेको हुन सक्ने अनुमान गरिएको छ। घटना बार प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०३:३२

घुसखोर गौशालाका दुई इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा !