आज साउन महिनाको अन्तिम सोमबार, यस्तो छ सुनचाँदीको मुल्य!

काठमाडौँ , साउन  २७ । आज साताको  दोस्रो दिन अर्थात् सोमबार सुनको मुल्य स्थिर रहेको छ । गत साताको आइतबार यता लगातार बढेको सुनको मुल्य  शुक्रबारदेखि स्थिर रहेको छ  ।

आइतबार  प्रतितोला ७०  हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य (७० हजार) मा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६९ हजार ७ सय रुपैयामा कायम रहेको छ ।  गत आइतबार देखि बिहिबारसम्म सुनको मुल्य तोलामा ४२ सय रुपैयाले बढेको थियो। त्यसपछि सुनको मुल्य लगातार स्थिर रहेको छ । सुनको मुल्य  लगातार बढेपछि ग्राहकहरु सुन किन्न भन्दा बेच्न उत्साहित भएको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आइतबार   तोलामा ८ सय २५  रुपैयामा किनबेच भैरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको  महासंघले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०५:५७

आकाशियो सुनुको मुल्य, आज अहिले सम्मकै महँगो भाउ!