एकान्तकुनामा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, चालक गम्भीर घाइते !

सांकेतिक तस्विर

काठमाडौँ – ललितपुरमा भएको एक सडक दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान ललितपुरको एकान्तकुनामा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन्।

महानगरीय प्रहरी वृत सातदोबाटोको गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको र घाइते हुनेको टाउकोमा गम्भीर चोट पुगेको बताइएको छ ।

घाइते भएका बा ७१ प २०३४ नम्बरको मोटरसाइकलका चालकको विवरण प्राप्त खुलिसकेको छैन। घाइतेलाई उपचारको लागि पाटन असपताल तर्फ पठाइसकिएको छ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०६:२४

ठेकेदारलाई काठ मिलाइदिने भन्दै बैंकमा पैसा हाल्न लगाउने वन अधिकृत पक्राउ !