प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, घाइते हुनेको परिचय खुल्यो !

सांकेतिक तस्विर

काठमाडौँ – ललितपुरमा भएको एक सडक दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान ललितपुरको एकान्तकुनामा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन्।

घाइते हुनेमा धापाखेलका २३ वर्षीय सुरज गिरि रहेका छन्। गिरि चढेको बा ७१ प २०३४ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत सातदोबाटोको गाडीले ठक्कर दिएको थियो।

घाइते गिरिको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ भने उनको पाटन अस्पतालमा उपचार भैरहेको छ। दुर्घटनाग्रस्त स्थान र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिसकेको छ।

यस्तै दुर्घटनाग्रस्त स्थानमा जम्म भएका स्थानीयहरुलाई प्रहरीले तितर-बित्तर पर्नुका साथै एक फोटो पत्रकारलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ।

प्रकाशित : सोमबार, साउन २७, २०७६०६:५१

बिहारमा सरकारी बैठकमा अब पेस्ट्री-बर्गर नभई भुजा र फलफुल खानेछन् मन्त्रि- अधिकारी