मोबाइल चोरेको भन्दै रुखमा झुन्ड्याएर गाउँलेहरुले यस्तो सम्म गरे….[भिडियो सहित]

एजेन्सी – मोबाइल चोर्ने एक व्यक्तिलाई झुन्ड्याएर कुटिरहेको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ।

भाइरल भएको भिडियोमा एक व्यक्तिलाई रुखमा झुन्ड्याएर केहि व्यक्तिहरु कुटिरहेको देखिएका छन्। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मोबाइल चोरेको आरोपमा ती व्यक्तिलाई त्यसरी कुटिएको हो।.

रुखमा झुन्ड्याएर कुटिएका व्यक्ति जुफान नाम गरेका व्यक्ति रहेको खुल्न आएको छ। एसियन न्युज एजेन्सीका अनुसार घटना उत्तराखण्ड स्थित हरिद्वारको हो।

काममा रहेका बेला जबरजस्ती कुटपिट गर्दै रुखमा जुफानलाई झुन्ड्याएर यातना दिइएको थियो।

“म काममा थिएँ। एक्कासी ६-७ जना मानिसहरु आए र मलाई जबरजस्ती लगे। उनीहरुले मलाई मोबाइल चोरको दोष लगाएर रुख झुन्ड्याए। केहिले लाठ्ठीले पनि हाने।”, एसियन न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्।

गम्भीर घाइते हुनेगरी कुटपिट भएलगतै उनले प्रहरीमा उजुरी दिसकेका छन्। तर प्रहरीले अहिले सम्म कुनै पनि व्यक्तिलाई पक्राउ गरिनसकेको बताइएको छ। मोबाइल चोरीमा जुफान कुनै संलग्नता नभेटिएको र घटना बारे अनुसन्धान भैरहेको स्थानीय प्रहरीले जनाएको छ।

भाइरल भयो भिडियो

रुखमा झुन्ड्याएर जुफान माथि कुटपिट हुँदै गर्दा त्यहाँ अन्य गाउँले पनि जम्म भएका थिए। जसमध्ये केहिले भिडियो समेत बनाए। भिडियो सामाजिक संजालमा अपलोड भएसँगै भाइरल भयो।

प्रकाशित : सोमबार, साउन २७, २०७६०७:१७

नेपालको पासपोर्ट कति शक्तिशालि ? विश्वका सबै भन्दा शक्तिशालि पासपोर्टको सूची यस्तो छ !