एजेन्सी- विश्वका रहेका देशहरुमा केही यस्ता कानुन बनेका छन् जुन सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। आज हामी तपाईहरुलाई यस्तो एउटा देशको बारेमा बताउन जाँदै छौँ जाँहाको कानुन धेरै अचम्म लाग्दो छ। हामी तपाईलाई मुस्लिमहरुको देश इरानको केही अनौठा कानुनको जानकारी गराउन जाँदै छौ जाँहा सबैभन्दा बढी कानुन महिलाहरुको लागि बनेका छन्। यहाँको अचम्मलाग्दो कानुनका कारण इरान विश्वभर चर्चामा आउने गरेको छ। यहाँ सन् २०१३मा यस्तो एउटा कानुन पास भएको छ जुन आज हामी तपाईहरुलाई बताउन जाँदै छौँ।
त्यससमय इरानमा पास भएको कानुन अनुसार कुनै बाबुले आफ्नो छोरिसंग बिहे गर्न सक्नेछन्। यो कानुनको देशभर विरोध भएपनि यहाँको सरकारले यसलाई संबिधानमा समेत समेटिएको छ। इरानको अर्थव्यवस्था तथा महंगीको लागि पनि केही अनौठा कानुन बनेका छन् जुन केही समय विरोध भएपनि ऐले सामान्य भैसकेको छ। तपाईहरुलाई हामी यहाँका अन्य केही अचम्मलाग्दा कानुनहरु बताउन जाँदै छौँ।
छोरीसँग बिहे गर्न सक्ने :
सन् २०१३मा बनेको यस कानुनको अनुसार यहाँ बाबुले आफ्नै छोरीसँग बिहे गर्नसक्ने छन्। यसका लागि छोरिको उमेर १३ वर्ष नाघेको हुनुपर्ने कानुनी व्यस्था छ।
टाइट कपडा लगाउने स्वतन्त्रता छैन :
इराकमा महिलाहरुलाई टाइट कपडा लगाउने स्वतन्त्रता दिईएको छैन। यहाँका महिलाहरुले टाइट कपडा लगाएको अवस्था फेला परे जुनसुकै गिरफ्तारी गर्ने कानुनी व्यबस्था रहेको छ।
महिलाले कसैसँग हात मिलाउने अधिकार छैन :
इनारमा, महिलाहरुले अन्य कुनै व्यक्तिसंग हात मिलाउने अधिकार दिईएको छैन। यो कार्य गैर -कानुन हुने र कसैसंग हात मिलाएको देखेमा जेल सजायको समेत हुनसक्ने व्यबस्था रहेको छ।
यौन सम्बन्धका लागि सधैंब तयार रहनुपर्ने :
यहाँको कानुन अनुसार आफ्नो पतिले जुनसुकै बेला गरेको यौन प्रस्ताव अस्विकार गरे सजाय हुन्सक्छ। किनकि यो अवस्थालाई महिलाहरुको ठूलो अपराध मान्ने गरिन्छ र सजाय गरिने कानुनी व्यबस्था रहेको छ।
पुरुषले टाई लगाउन पाइदैन :
यहाँको कानुनमा उल्लेख गरिए अनुसार कुनै पनि पुरुषले टाई लगाएर हिंड्न पाईदैन। यो एक गैरकानुनी कार्य हुन जान्छ।
महिलाले अनुहार छोपेर हिँड्नुपर्छ :
इरानको कानुन अनुसार महिलाहरुले बाहिर जुनसुकै बेला आफ्नो अनुहार छोपेर हिंड्न आवश्यक हुन्छ अन्यथा यहाँको कानुन अनुसार २ वर्ष जेल सजाय हुने व्यवस्था रहेको छ।