नुन बढी हुँदा के हुन्छ, कम हुँदा के हुन्छ ?

काठमाडौँ, नुन मानव स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेको हुन्छ । हामीले सेवन गर्ने नुनमा आयोडिनको मात्रा सन्तुलित हुनुपर्छ । विशेषज्ञहरु भन्छन् नुनको मात्रा शरिरमा बढी भयो भने विभिन्न समस्याहरु पैदा हुने गर्छ । बोलीचालीको भाषामा भन्ने गरिन्छ नुनको सोझो गर्नुपर्छ । यसको अर्थ नुनले जीवनमा निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नुन स्वादको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि सेवन गर्ने गरिन्छ ।

यदि तपाईले नुनलाई स्वादसँग मात्र जोड्नु भएको छ भने स्वत तपाईको सोच गलत हो । नुनले शरिरमा भएको सोडियमको मात्रालाई नियन्त्रणमा राख्ने काम गर्नुको साथै मांसापेशीलाई सुचारु गर्नको लागि महत्वपूर्ण भूमिका खेल्दछ । समेडियमले मतिष्कमा सुचना आदनप्रदान गर्ने कामहरु पनि गर्ने गर्छ भने शरिरमा चाहिने पानीको मात्रालाई पनि नियन्त्रणमा राख्ने गर्छ ।

नून बढी खाँदा  : नून शरिरको लागि जति महत्वपूर्ण छ त्यतिकै मात्रामा घातक पनि छ । नूनको मात्रा बढी भयो भने पनि समस्या हुन्छ भने नून कम भयो भने पनि समस्याहरु उत्पन्न हुन्छन् । नूनको मात्रा बढी भयो भने उच्च रक्तचाप, मुटुको समस्या, शरिरका विभिन्न भागमा गाँठागुँठी निस्कने,घुँडा दुख्ने जस्ता समस्याहर हुने गर्छ ।

नून कम हुँदा  : शरिरमा रक्तचापलाइृ नियन्त्रणमा राख्न नुनले महत्वप्रर्ण भूमिका खेल्दछ । नुनले शरिरको तापक्रम नियन्त्रण गर्न, शरिरलाई फुर्तिलो र तन्दुरुस्त राख्न नूनको आवश्यकता पर्छ । शरिरमा नून कम भयो भने शरिरको तापक्रम घट्छ, आलस्यता बढ्छ अल्छि लाग्ने थकान महसुस हुने गर्छ । नून पसिनाको माध्यमबाट पनि बाहिर निस्कन्छ ।

नून बढी हुने खाने कुरा : प्याक गरिएका हामीले खाने खानेकुरा टोमेटो, केचप,नमकिन,केक, चकलेट,बटर,चीज, सुप,एनर्जी ड्रिङ्क,पिज्जा बर्गरमा नूनको मात्रा बढ हुने गर्छ । यस्ता खानेकुरामा जति सोडियम क्लोराइड भनिएको हुन्छ त्यसको दोब्बर नुन रहेको हुन्छ । त्यसकारण होटल रेष्टुरेन्टहरुमा खाने खानाहरुमा लेखिएको नूनको मात्रा पढ्नुहोस् । त्यतिकै मात्रामा पानी पिउने गर्नुहोला ।

प्रकाशित : सोमबार, साउन २७, २०७६११:०६

चुकन्दरको फाइदै-फाइदा : शरिरको तौल घटाउन र आँखाको ज्योति बढाउन यसो गर्नुस् !