“हामीले जति राम्रो कसैले गरेको छैन, आर्थिक वृद्धिद्धरमा नेपालले १७० देशलाई पछि पारिसक्यो”

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक वृद्धिद्धरमा नेपालले ठूलो फड्को मारिरहेको दावी गरेका छन्।

सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै महासेठले आर्थिक वृद्धिद्धरमा विश्वका १७० देशलाई पछि पार्दै नेपालले ठूलो फड्को मारेको दावी गरेका छन्।

आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको उनको दावी छ।

“आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं । आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिकार हेरौं, विकासिल देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ ।”,उनले भने,”हामी आएको डेढ वर्ष भएको छ, यो अवधिमा यति राम्रो ईम्प्रुभ गर्नु राम्रो कुरा हो । तर, हामीले धेरै गरिसक्यौं भन्नेपनि होईन, भर्खर भर्खर पाईला टेक्दै गरेको अवस्थामा हिजोको भन्दा धेरै राम्रो काम गरेका छौं ।”

वर्तमान सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको र हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढेको पनि उनले तर्क गरेका छन्।

भौतिक पूर्वाधारलगायतका विकास निर्माणका काममा पनि सरकारले रेकर्ड नै बनाएको उनले दावी गरेका छन्।

“धानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसारनै मैले काम गरिरहेको छु । हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।”,उनले भने,”पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डिपिआर त सम्पन्न नै भैसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।”

प्रकाशित : सोमबार, साउन २७, २०७६१२:२१

मात्रै एघार महीनाभित्र काठमाडौँलाई सुन्दर नगर बनाइने