आश्विन ८ सम्म यी ३ राशिलाई धेरै अशुभ, रहनुस् सावधान !

एजेन्सी – ज्योतिष शास्त्रको अनुसार ग्रहहरु आफ्नो-आफ्नो निर्धारित समयमा गोचर गरिरहन्छन्। यस्तै गोचरले हरेक राशिहरुमा फरक-फरक असर पर्ने हुन्छ।

यश, कीर्ति र सुख समृद्धिको प्रतिनिधि ग्रह मंगलले यहि साउन २४ गते बिहान ५ बजेर २७ मिनेटमा राशि परिवर्तन गरेको छ । मंगल ग्रहले कर्कट राशिबाट सिंह राशिमा गोचर गरेको हो।

मंगल ग्रह यस सिंह राशिमा २५ सेप्टेम्बर आश्विन ८ गते सम्म रहनेछ। मंगल सिंह राशिमा हुँदा निम्न ३ राशिलाई धेरै नै अशुभ रहन सक्छ।

मंगलको राशि परिवर्तनले निम्न उल्लेखित ३ राशिलाई सबै भन्दा धेरै असर गर्नेछ। निम्न ३ राशिलाई मंगलको यस गोचर धेरै अशुभ हुन सक्छ।

 

कन्या राशि

राशि परिवर्तनसँगै मंगल कन्या राशिको १२ औं स्थानको रहनेछ। १२ औं स्थानमा रहने मंगलले कन्या राशि हुनेहरुलाई धेरै नै नकारात्मक प्रभाव पार्न सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुने देखिन्छ भने आफ्नैबाट समेत धोका हुन सक्ला। परिस्थिति प्रतिकूल रहँदा आर्थिक रुपमा समस्याहरु बढ्न सक्लान्। शत्रु देखि पनि सावधान रहनु पर्ने देखिन्छ।

मकर राशि

मकर राशिको आठौं स्थानमा मंगल प्रवेश गर्दा विभिन्न प्रकारका नकारात्मक असरहरु पर्न सक्ने देखिन्छ। ईर्ष्या गर्नेहरुले जसरी पनि गिराउन सक्ने हुँदा सावधान रहनु उचित हुनेछ भने यात्रा पनि असफल हुने देखिन्छ। स्वास्थ्यमा देखा पर्ने समस्याका कारण कार्यक्षमता घटना सक्ला। दौडधुप बढ्नेछ। चिताएकाे काम सफल नहुँदा आर्थिक घाटा समेत पुग्न सक्ला।

मीन राशि

छैठौ स्थानमा हुने मंगलले मीन राशि हुनेहरुलाई दुख मात्रै दिने देखिन्छ। मंगलको राशि परिवर्तनले यस राशि हुनेहरुको जीवनमा विभिन्न समस्याहरु निम्त्याउन सक्ला। व्यवसायमा लगानी बढ्नाले आर्थिक सङ्कट आइपर्ने देखिन्छ भने अनावश्यक कार्यहरुमा धन खर्च हुनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउनेछ। परिवारको बेवास्ता गर्दा ठूलै हानी हुने समेत देखिन्छ।

प्रकाशित : सोमबार, साउन २७, २०७६१३:११

राशिअनुसार ‘फर्स्ट डेट’ मा के गर्ने ? जान्नुस् कुन राशिलाई के मन पर्छ ?