बालस्याहार केन्द्रमा भिषण आगलागी, बालस्याहार भित्रै जले पाँच जना !

वासिङ्टन,  अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् ।

पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ ।

स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका रहेको बताए ।

आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उनले जानकारी दिए।

आगलागी भएको २५ मिनेट भित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । उनीहरुले घरको पहिलो तलाको झ्यालबाट ठूलो आगोको मुस्लो बाहिर निस्किरहेको देखेको बताएका छन् ।

तल पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिकाहरु थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाई छ ।

“अग्नि नियन्त्रकहरुले घटनास्थलमा पुग्ने वित्तिकै आगो निभाउन धेरै प्रयास गरे, तर आगो निभाउन नभ्याउँदै ती बालबालिकाहरुको मृत्यु भयो,” सान्तोनले भने ।

उनले थपे, “हामीले पाँच बालबालिकालाई बाहिर निकाल्न सफल त भयौँ, तर दुर्भाग्य उनीहरुको मृत्यु भइसकेको रहेछ ।”

आफ्नै घरमा स्याहार केन्द्र चलाएकी संचालक एलाइन हारिस भने आफुलाई आगोले पोल्न थालेपछि भागेर आफै अस्पताल गएकी छन् । उनी आफै सवारी चलाएर अस्पताल गएको र भाग्दै गर्दा बाटोमा दुर्घटना भएपनि अहिले अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६१३:४०

प्रदेश सरकारविरुद्ध आठ मुद्दा !