त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

सांकेतिक तस्विर

काठमाडौँ – त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानकारी दिनुभयो । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताउनुभयो । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : सोमबार, साउन २७, २०७६१४:४८

बालुवा उत्खनन गरेको खाल्डो “काल” बन्दै : बचाउन गएकी लक्ष्मी पनि डुबिन्, दुई जनाको मृत्यु,