पर्सि रक्षाबन्धनको दिन पर्यो शुभ संयोग, यस मन्त्र पढेर मात्रै लगाउनुहोस् राखी!

रक्षाबन्धनको  पावन पर्व नजिकिदै छ ।  साउन ३० गते अर्थात् १५ अगस्टको दिन बहिनी वा दिदीले आफ्नो दाजुभाईलाई राखी लगाईदिन्छन्। सबै बहिनी हरेक वर्ष साउन महिनाको पुर्णिमा पर्खिन्छ्न्। यो बाहेक रक्षाबन्धनमा धेरै शुभ संयोग छ।  यो पटक  रक्षाबन्धनको दिन श्रावण नक्षत्र, सौभाग्य योग, सूर्यको  कर्क राशिमा  प्रवेश र चंद्रमा मकर राशिमा हुनेछ।  यसको अतिरिक्त रक्षाबन्धनको चार दिन पहिला  गुरु मार्गी हुनेछ।  यो पटक रक्षाबन्धन बिहिबार परेको हुनाले निकै शुभ संयोग रहेको छ।

मान्यता अनुसार जब  भद्राको समय हुन्छ तब त्यो समय राखी बाध्न मिल्दैन । भद्राकालको  समय राखी बाध्नु अशुभ मानिन्छ।  शास्त्रको अनुसार भद्रा भगवान सूर्य देवको  पुत्री र  शनिदेवको बहिनी हुन्।  जुन तरिकाले  शनिको स्वभाव क्रूर र क्रोधी छ त्यसै गरि भद्राको पनि त्यस्तै स्वभाव छ।

भद्राको  उग्र स्वभावको कारण  ब्रह्माजीले उनलाई  पंचागको  एक प्रमुख अंग करणमा  स्थान दिए। पंचागमा उनको नाम  विष्टी करण राखियो।  दिन विशेषमा  भद्रा करण लाग्नाले शुभ कार्य  गर्न निषेध गरियो। एक अन्य मान्यता अनुसार रावणको बहिनीले भद्राकालमा नै आफ्नो भाईको नाडीमा  रक्षासूत्र बढेकी थिइन्। जसको कारण रावणको सर्वनाश भएको थियो। त्यसैले रक्षाबन्धनको दिन बहिनीहरुले दाजुभाईको नाडीमा बिहानदेखि बेलुकासम्म जतिबेला पनि रक्षाबन्धन लगाउन सक्छन्।

यस मन्त्र पढेर लगाउनुहोस् राखी:

‘येन बद्धो बलि राजा, दानवेन्द्रो महाबल: तेन त्वाम् प्रतिबद्धनामि रक्षे माचल माचल:।’

 

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०६:४६

धेरै नै आकर्षक हुन्छन् यी ४ राशि हुने पुरुषहरु, यिनलाई पाउँ युवतीहरुले मरिहत्ते नै गर्छन् !