प्रहरीले जनै र टुप्पी…

काठमाडौँ – मध्यपान गरेको आरोपमा प्रहरीले जनै र टुप्पी काटेको भन्दै कैलालीको चुरे गाउँपालिकाका एक स्थानीय राष्ट्रिय मानव अधिकार आयोगको शरणमा पुगेका छन्।

मध्यपान गरी होहल्ला गरेको आरोपमा प्रहरीले पक्राउ गरेर आफ्नो जनै र टुप्पी काटेको भन्दै चुरे गाउँपालिका वडा नम्वर ६ का भानसिंह धामीले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका हुन्।

यस्तै धामीले यस विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत उजुरी दिने तयारी गरेका छन्। आफूले मध्यपान नगरेकै अवस्थामा पक्राउ गरी प्रहरीले जनै र टुप्पी काटिदिएर धार्मिक स्वतन्त्रता हनन् गरेको उनको आरोप छ।

आफूले जीवनमा कहिल्यै मदिरा सेवन नगरेपनि प्रहरीले झुठो आरोप लगाएर इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० गते पक्राउ गरी जनै र टुप्पी काटेको उनले आरोप लगाएका छन्।

यता इलाका प्रहरी कार्यालय फल्टुडेले भने धामीको आरोपलाई गलत बताएको छ। चुरे गाउँपालिका वडा नम्वर ६ कि सदस्य रहेकी हरमती ठगुन्नाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको र थुनामा राख्दा जनै निकाल्न नमानेपछि प्रहरीले नै जनै निकाली छुटेको दिन जनै फिर्ता दिएको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६०५:५२

देशभर चोरको बिगबिगी, काठमाडौँमा पनि उस्तै