“६२-६३ को आन्दोलनले गणतन्त्र माग गरेको थिएन, गणतन्त्रले भ्रष्टाचार र बेथिति गाउँ-गाउँ पुर्यायो”

काठमाडौँ – नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालमा गणतन्त्र पूर्णरुप असफल भैसकेको दावी गरेका छन्।

आइतबार एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा डा. सुरेन्द्र भण्डारीले नागरिकका अपेक्षाहरु पूरा गर्न नसकेको र भ्रष्टाचार मौलाउन दिएको कारण गणतन्त्र असफल भएको दावी गरेका हुन्।

गणतन्त्रले नै भ्रष्टाचार र बेथितिलाई गाउँ-गाउँ सम्म पुर्याएको उनको बुझाइ छ। उनले भने,”गणतन्त्रले भ्रष्टाचार मौलाउन दियो, भ्रष्टाचारलाई गाउँ गाउँमा पुग्न दियो । बेथिति गाउँसम्म पुग्यो । लुटतन्त्रले मुलुकलाई ग्रस्त बनायो । मुलुकलाई भ्रष्टाचारले आक्रान्त बनायो । राष्ट्रियता माथि गम्भीर प्रश्नहरु उठे ।”

गणतन्त्र आफैमा नराम्रो व्यवस्था नभएता पनि नेपालमा गणतन्त्रको प्रयोग गलत भएको उनले बताए। “सैद्धान्तिक रुपमा गणतन्त्र आँफैंमा नराम्रो होइन। तर नेपालमा यसको गलत प्रयोग भयो।”,उनको भने।

गणतान्त्रिक व्यवस्थाका कारण मुलुकको राष्ट्रियतामाथि नै गम्भिर प्रश्नचिन्ह खडा भएको र राष्ट्रियता खतरामा परेको पनि दावी गरेका छन्।

यस्तै भण्डारीले राजसंस्था नेपाली जनता समाप्त नपारेको पनि दावी गरेका छन्। २०६२-६३ को आन्दोलनले गणतन्त्र माग नगरेको भएता पनि अदृश्य शक्तिसँगको साँठगाँठका कारण राजतन्त्र हटेको उनले बताए।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१०:०३

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको ज्यान गयो !