पहिलो म्युजिक भिडियोमा यस्ता देखिए भाइरल ‘अघोरी बाबा’ (भिडियो)

काठमाडौँ, साउन २८ । पछिल्लो समय सामाजिक संजालमा निकै भाइरल भएका मृत्युन्जय बाबा अर्थात् अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमीसँग मैले’ बोल रहेको गीतको भिडियोमा अघोरी बाबा,  शान्ती अधिकारी र सजल जंग केसीको अभिनय रहेको छ । यस गीतमा सुर्य दयालुको स्वर छ भने श्याम प्रसाद पौडेलको शब्द र सुर्य दयालुकै संगीत रहेको छ । हरि वाग्लेको निर्देशन रहेको यस भिडियोमा पवन गौतमको छायाकंन र विश्वास भण्डारीको सम्पादन रहेको छ ।

केहि मिडियामा  अन्तरवार्ता दिएपछि अघोरी बाबा एकाएक सामाजिक संजाल टिकटक, युट्युबमा भाइरल भएका थिए । साथै उनले अन्तर्वार्ता दिने क्रममा बोलेका कुराहरु टिकटकमा निकै हिट भएको  छ । धेरैले उनले बोलेका हरेक लाइनलाई  टिकटक बनाएका छन्।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६११:०८

४ करोड पैसा खाएको भन्दै दिपक कलाल भड्किएपछि राखी सावन्तले दिईन यस्तो कडा जवाफ…