धेरै क्वाँटी खाँदा मृगौला खराब हुने खतरा, यस्ता छन् धेरै क्वाँटी खाँदा हुने बेफाइदाहरु !

काठमाडौँ, । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा मनाउने गरिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसबाट तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा यस दिन मनाउने गरिन्छ।

यस दिनमा मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । साथै यसै दिन जनाई फेर्ने पनि परम्परा रहेको छ। यस दिनलाई शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो । यस दिनमा सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।

यस दिनमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ ।

क्वाँटीलाई मानव शरीरको लागि धेरै फाइदाजनक मानिने गरिन्छ। यसले शरीरमा प्रोटिनको मात्रा बढाउने काम गर्छ भने यसलाई स्वास्थ्यको हिसाबले धेरै राम्रो पनि मान्ने गरिएको छ। प्रोटिन, भिटामिन तथा मिनिरल्स पाइने हुँदा क्वाँटीले शरीरलाई मजबुत बनाउने ठुलै भूमिका खेल्ने गर्छ। तर क्वाँटीमा भने अपूर्ण प्रोटिन पाउने गरिन्छ। जसको मात्रा धेरै हुनाले शरीरमा असर पनि गर्न सक्छ।

तर क्वाँटीको धेरै मात्रमा प्रयोग गर्नाले भने शरीरलाई हानी गर्न सक्ने चिकित्सकहरु बताउने गर्छन्। एकै पटक धेरै क्वाँटी खाँदा भने शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने गर्छ। शरीरमा धेरै प्रोटिनको मात्रा भएको खण्डमा युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ।

शरीरको विभिन्न काम नलाग्ने तत्वलाई मृगौलाले फिल्टर गर्ने काम गर्छ। धेरै क्वाँटी खाएको कारण जब शरीरमा युरिक एसिड बढ्छ, तब मृगौलाले धेरै एसिड फिल्टर गर्ने क्रममा अत्याधिक भर बहन गरिरहेको हुन्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ।

किड्नीमा हुने असरले मुटुमा समेत असर पुर्याउने गर्छ। यस कारणले गर्दा क्वाँटीको धेरै खान नहुने चिकित्सकहरुको मान्यता रहेको छ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६११:४७

रक्षा बन्धनको दिन किन खाइन्छ क्वाँटी ? यस्तो छ क्वाँटी खाँदाको फाइदा र बेफाइदा