रक्षा बन्धनको दिन किन खाइन्छ क्वाँटी ? यस्तो छ क्वाँटी खाँदाको फाइदा र बेफाइदा

काठमाडौँ, हरेक वर्ष श्रावण शुक्ल पुर्णिमाको दिनलाई क्वाँटी खाने अर्थात रक्षा बन्धन लगाउने विशेष दिनको रुपमा मानिदै आएको छ । सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु बुहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बदशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु यसबाट तिमी सुरक्षित बन विचलित नहोऊ भनि डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परालाई निरन्तर रुपमा मान्दै आएको छ ।

यस दिन मनाउने गरिन्छ। यस दिनमा मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । साथै यसै दिन जनाई फेर्ने पनि परम्परा रहेको छ। यस दिनलाई शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो ।

यस दिनमा सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । यस दिनमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता रहेको छ । त्यसकारण क्वाँटीलाई मानव शरिरको लागि फाइदाजनक रहेको छ ।

तर क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरैनै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना बढेर जान्छ। शरीरमा भएको अत्याधिक मृगौलामा भार पर्न जाने गर्छ। जसको कारण मृगौलामा समस्या देखिने साथै फेल हुने समेत सम्भावना बढ्न सक्छ। यसकारण क्वाँटी धेरै खानु पनि बेफाइदा रहेको छ ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६११:४८

अविवाहित युवतीलाई भन्दा विवाहित महिलालाई देख्दा किन बढी उत्तेजना हुन्छ पुरुषमा?