भोलि महिनाको अन्तिम बुधबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको २९ गते बुधवार इश्वी संवत २०१९ अगस्ट १४ तारिख, काठमाडौंमा सूर्योदय– ५: ३४  बजे, सूर्यास्त– १८:४१  बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

असंयम  व्यवहारले सम्बन्ध बिगार्न सक्ला।  परिवारको साथमा बसेर महत्वपूर्ण  छ। कार्यमा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि भएर जानेछ।  धार्मिक तथा आध्यात्मिक कार्यमा झुकाव बढ्ने छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

शत्रु परास्त भएर जानेछन। शुभ समाचार सुन्न पाइने छ।  लामो दुरीको सुखद यात्रा हुने सम्भावना रहेको छ।  कार्यभार बढ्ने छ तथापी कार्यमा सफलता मिल्नाले मानसिक सन्तुष्टि प्राप्त हुनेछ।  आर्थिक लाभको सम्भावना रहेको छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

प्रसस्त धन आर्जन गर्ने समय रहेको छ।  परक्रममा वृद्धि भएर जानेछ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा अपमानित भइएला सजक रहनुहोला।  बाणी तथा व्यवहारमा संयमित रहनु पर्नेछ। इश्वरभक्तिमा लिन हुनाले बिशेष लाभ हुने देखिन्छ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

सहयोगीहरुले अफ्ठ्यारोमा साथ छोड्नेछन । काममा आलस्यता बढ्ने छ।  कार्यभार बढेर जानेछ।  कडा मेहनतका बाबजुत कार्यमा सफलता नमिल्नाले मानसिक चिन्ता बढ्नेछ। खर्चको मात्रा बढेर जानेछ।  मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

मानसिक व्यग्रताको अनुभव हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ।  परिश्रम गरे अनुरुप कार्यमा सफलता पाइने छैन।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  पेट सम्बन्धि समस्याको शिकार भइने छ।  दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

अध्यन अध्यापनको क्षेत्रमा कडा मेहनत गार्नु पर्नेछ।  विभिन्न अवसरले पछ्याउने छ। परिश्रम गर्नाले जस्तो  सुकै कठिन काम पनि सजिलै सम्पादन भएर जानेछ।  सन्तान सुख मिल्नेछैन।  अनावश्यक वादविवादमा फ़सिएला सजक रहनुहोस।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

सानो प्रयत्नले ठुलै सफलता हात लागि हुनेछ। कृषि चौपायको क्षेत्रमा अधिक लाभ हुने समय रहेको छ। शारीरिक आलस्यता र थकानको अनुभूति हुनेछ।  सकेसम्म यात्रामा ननिस्कदा नै राम्रो हुनेछ। पारिवारिक वातावरण क्लेशमे रहनेछ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

दिर्घकालसम्मका लागि फाइदा हुने काम हात लागि हुने समय रहेको छ। भाईबन्धुका साथमा आपसी सहकार्य बढ्नेछ।  तार्किक क्षमताले गर्दा मान सम्मानमा वृद्धि हुने समय रहेको छ।  आर्थिक लाभ हुनका साथै भाग्योदय हुने सम्भावना रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

नजिकका साथी भाई टाढिने छन। अरुले आफ्ना फाइदाका लागि तपाईलाई प्रयोग गर्न सक्ला सजक रहनुहोला। समयमा कार्यमा सम्पन्न हुने छैन।  कार्यभार बढेर जानेछ। व्यापार व्यवसायको क्षेत्रमा समय सामान्य रहेको छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

महत्वाकांक्षी योजनालाई गोप्य राखेर अगाडी बढ्नाले बिशेष लाभ हुने देखिन्छ।  धार्मिक एवम आध्यात्मिक सिद्धि प्राप्त गर्ने समय रहेको छ।  पारिवारिक वातावरण मंगलमय हुनेछ।  व्यापार व्यवसायका क्षेत्रमा अधिक लाभ हुने देखिन्छ।  स्वास्थ्य सम्बन्धी समस्या देखिनेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

कृषि क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ।  परिवारका सदस्यका बिचमा अनावश्यक झैँ झमेला देखिने सम्भावना रहेको छ। आर्थिक कारोवारक लागि समय त्यति उपयुक्त रहेको छैन।  मुद्धा मामलामा फस्ने सम्भावना रहेको छ। बाणी तथा व्यवहारमा संयम रहन सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

पारिवारिक जम्काभेटमा नै समय व्यतित हुनेछ।  ठुला बडाको साथ र आशिर्वाद पाइने छ।  अचानक मित्रभेटले मन आनन्दित हुनेछ।  कामको अवसरमा विदेश यात्रा हुने सम्भावना रहेको छ। आर्थिक दृष्टिले समय लाभदायक रहेको छ।  रमणीय स्थलको यात्रा हुने सम्भावना रहेको छ।  समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१४:२४

आज महिनाको अन्तिम बुधबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !