कतै तपाईलाई आन्द्राको क्यान्सर त भएको छैन? पहिलानै यसरी थाहा पाउनुहोस्!

खानपानका कारण आजभोली धेरैजसो पेटसम्बन्धी रोग लाग्ने गरेको छ । त्यसमध्ये आन्द्राको क्यान्सर एक ग’म्भिर समस्या हो । आन्द्राको क्यान्सर भएको अवस्थामा विभिन्न लक्षणहरु देखा पर्दछन् जसबाट तपाई आफुलाई आन्द्राको क्यान्सर भएको थाहा पाई सचेत रहन सक्नुहुन्छ ।

यस्ता छन् लक्षणहरु

दिसामा रगत देखिनु पेटसम्बन्धी गम्भिर समस्याको संकेत हो । रगत देखिएमा आन्द्राको क्यान्सर हुन सक्छ ।

आन्द्रामा क्यान्सर हुँदैछ भनेविना कारण नै तपाईको तौल घट्दै जान्छ । आफ्नो तौलप्रति संवेदशील हुन आवश्यक छ ।

धेरै थकान महशुस पनि आन्द्राको क्यान्सरको संकेत हुनसक्छ । त्यस्तै, आन्द्रामा परिवर्तन आउनु वा वान्ता हुनु पनि ठूलो आन्द्राको क्यान्सरको संकेत हो ।

यस्तो क्यान्सर पुरुषमा तेस्रो र महिलामा दोस्रो धेरै देखिने क्यान्सर हो । यस रोगको लक्षण पहिचान गर्न पनि निकै गाह्रो हुन्छ, किनभने यस्ता लक्षण अन्य रोग लागेमा पनि देखा पर्छन् । ३० बर्ष कटेपछि प्रत्येक ५ बर्षमा एक पटक ‘कोलनोस्कोपी’ गराई आन्द्राको क्यान्सरबाट बच्न सक्नुहुन्छ । माथीका कुनै पनि लक्षण देखापरे एक पटक डाक्टरको सल्लाह लिइ सुरक्षित रहनुस् ।

प्रकाशित : मङ्गलबार, साउन २८, २०७६१३:०४

आँखामा डार्क सर्कल किन आउँछ ? सजिलै डार्क सर्कल यसरी हटाउन सकिन्छ !